नवनियुक्त प्रधानमन्त्री देउवा र चार मन्त्रीद्वारा सपथ ग्रहण बधाई दिने को ओइरो

नवनियुक्त प्रधानमन्त्री देउवा र चार मन्त्रीद्वारा सपथ ग्रहण बधाई दिने को ओइरो

छाँयापाटी

@छाँयापाटी

२०७८ असार २९ गते मङ्गलबार ०९:२४

काठमाडौं -:  मंगलबार प्रधानमन्त्रीमा नवनियुक्त हुनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सपथ ग्रहण गर्नुभएको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले सभापति देउवालाई प्रधानमन्त्रीको सपथ ग्रहण गराउनुभएको हो । यसअघि...

काठमाडौं -:  मंगलबार प्रधानमन्त्रीमा नवनियुक्त हुनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सपथ ग्रहण गर्नुभएको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले सभापति देउवालाई प्रधानमन्त्रीको सपथ ग्रहण गराउनुभएको हो ।

यसअघि उहाँले राष्ट्रपतिको विज्ञप्ति नसच्चिएसम्म शपथ ग्रहण नगर्ने अडान लिनुभएको थियो ।; राष्ट्रपतिले सर्वोच्च अदालतको फैसलाका साथै संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त भएको उल्लेख गरेपछि देउवाले शपथ लिनुभएको हो ।

संविधानको धारा उल्लेख गरेर प्रधानमन्त्री नियुक्त गर्ने प्रचलन रहे पनि राष्ट्रपतिद्वारा जारी विज्ञप्तिमा नवनियुक्त प्रधानमन्त्री देउवाको नियुक्ति सर्वोच्च अदालत, संवैधानिक इजलासको मिति २०७८ असार २८ गतेको फैसला बमोजिम नियुक्त गरिएको भनिएको छ;।

सोमबार सर्वोच्च अदालतले देउवालाई संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गर्न परमादेश जारी गरेको थियो। ‘तर, विज्ञप्तिमा धारा, उपधारा केही उल्लेख गरिएको छै;न ।

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् गठन गर्नुभएको छ । प्रधानमन्त्री देउवाले संविधानको धारा ७६ (५) अनुसार नेकपा (माओवादी केन्द्र)बाट २ जना र आफ्नो दल नेपाली कांग्रेसबाट २ जना गरी ४ जनालाई मन्त्री नियुक्त गर्नुभएको हो ।

माओवादी केन्द्रबाट पम्फा भुसाल–उर्जामन्त्री र जनार्दन शर्मा–अर्थमन्त्री बनेका छन्, भने कांग्रेसबाट ज्ञानेन्द्र बहादुर कार्की–कानूनमन्त्री र बालकृष्ण खाँण–गृहमन्त्री बनेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासँगै गृहमन्त्री खाँण, कानूनमन्त्री कार्की, उर्जामन्त्री भुसाल र अर्थमन्त्री शर्मालाई पद तथा गोपनीयताको शपथ खुवाउनुभएको छ ।

प्रकाशित मिति २०७८ असार २९ गते मङ्गलबार ०९:२४
प्रतिक्रियाहरु