आफताब आलमलाई छुटाउन प्रयास गर्छु : देउवा

आफताब आलमलाई छुटाउन प्रयास गर्छु : देउवा

छाँयापाटी

@छाँयापाटी

२०७८ असार ३१ गते बिहिबार ०२:४५

रौतहट -: कांग्रेसको सभापति शेरबहादुर देउवाले राजपुर बमकाण्डको आरोपमा पक्राउ परेका पूर्वमन्त्री एवम् सांसद आफताब आलमलाई छुटाउन आफूले प्रयास गरिरहेको बताएका छन् । रौतहटको गढीमाई नगरपालिकास्थित धरमपुर सिंगारवनमा विष्णु पुराण...

रौतहट -: कांग्रेसको सभापति शेरबहादुर देउवाले राजपुर बमकाण्डको आरोपमा पक्राउ परेका पूर्वमन्त्री एवम् सांसद आफताब आलमलाई छुटाउन आफूले प्रयास गरिरहेको बताएका छन् ।

रौतहटको गढीमाई नगरपालिकास्थित धरमपुर सिंगारवनमा विष्णु पुराण महायज्ञको बुधबार उद्घाटन गर्दै अध्यक्ष देउवाले आलमको रिहाईका लागि आफूले पहल थाल्ने बताएका हुन् ।

आलमजी अहिले जेलमा हुनुहुन्छ, उनले भने, ‘म आफ्नो तर्फबाट आफ्नै किसिमले छुटाउन लागिरहन्छु ।’ उनले कार्यकर्तालाई धैर्य रहन अनुरोध गरे । उनले भने,‘तपाईंहरु धैयै गर्नुस् । भोलि परिस्थिति बदल्न पनि सक्छ । त्यसैले तपाईंहरु धैर्य गरेर बस्नु होला । अदालतमा मुद्दा चलिरहेको छ ।

पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते राति राजपुर नगरपालिकास्थित पूर्वमन्त्री शेष ईद्रिसको गोठमा भएको बम बिस्फोटमा मान्छे मारेको आरोपमा पक्राउ परेका आलमलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि हाल उनी नख्खु जेलमा छन् ।

राजपुर बमकाण्डको १२ वर्षपछि प्रहरीले पूर्वमन्त्री आलमलाई २०७६ असोज २६ गते इद्रिस गेटबाट प्रक्राउ गरेको थियो । विस्फोटमा परी मृत्यु भएका र घाइते भएकाहरुलाई नजिकैको इँटा भट्टामा लगेर पोलेको आलम माथि आरोप लागेको छ ।

सभालाई सम्बोधन गर्दै सभापति देउवाले दुई तिहाई जनमत पाएर पनि सत्ता सञ्चालन गर्न नसकेको भन्दै कांग्रेस निकास दिन तयार रहेको बताए । आवश्यकता पर्‍यो भने देशको नेतृत्व लिन कांग्रेस तयार रहेको उनले सुनाए । जुनसुकै परिस्थिति र अन्योलपूर्ण अवस्थामा र चुनौतीलाई व्यवस्थापन गर्दै देशलाई निकास दिन कांग्रेस अघि बढ्ने उनले बताए ।

फागुन १९ देखि २९ गतेसम्म संचालन हुने विष्णु पुराण महायज्ञ मेलामा विभिन्न खेल तमासा, रासलिला, रामलिलासहितको विभिन्न झाँकीहरु प्रदर्शन गर्न भारतबाट कलाकारहरु आएको छ । उद्घाटन कार्यक्रममा सभापति देउवालाई नगरपालिकाको तर्फबाट १०५ किलोको माला लगाएका थियो ।

 

प्रकाशित मिति २०७८ असार ३१ गते बिहिबार ०२:४५
प्रतिक्रियाहरु