देश र एमाले एकताविरूद्ध लाग्न माधव नेपाल समूहले प्रलोभन देखायो – सांसद चौधरी

देश र एमाले एकताविरूद्ध लाग्न माधव नेपाल समूहले प्रलोभन देखायो – सांसद चौधरी

छाँयापाटी

@छाँयापाटी

२०७८ साउन २ गते शनिवार १२:०७

काठमाडौं साउन २-: सांसद गंगा चौधरी (सत्गौवा)ले एमालेको एकताविरूद्ध लाग्न माधव नेपाल समूहले प्रलोभन देखाइरहेको आरोप लगाएकी छिन्'। सामाजिक सञ्जालमार्फत् एमाले सांसद चौधरीले फोन गरेर प्रलोभनमा पार्ने दुष्प्रयास नगर्न समेत नेपाल...

काठमाडौं साउन २-: सांसद गंगा चौधरी (सत्गौवा)ले एमालेको एकताविरूद्ध लाग्न माधव नेपाल समूहले प्रलोभन देखाइरहेको आरोप लगाएकी छिन्’।

सामाजिक सञ्जालमार्फत् एमाले सांसद चौधरीले फोन गरेर प्रलोभनमा पार्ने दुष्प्रयास नगर्न समेत नेपाल समूहका नेताहरूलाई आग्रह गरेकी छिन्’।

सांसद चौधरीले भनिन्,अहिले केही मित्रहरूले पार्टी हितको विपक्षमा लाग्न मलाई फोन गरेर प्रलोभनमा पार्ने दुष्प्रयास गरिरहनुभएको छ। कृपया दुःख नगर्नु होला मित्रहरू।

आफू कुनैपनि हालतमा एमालेको अहित हुने गतिविधिमा नलाग्ने उनले स्पष्ट पारेकी छिन्। पार्टी नेतृत्वको जस्तोसुकै निर्णय पनि आफूले पालना गर्ने सांसद चौधरीको भनाइ छ।पार्टीले जे–जस्तो निर्णय गर्छ पार्टीको एउटा इमान्दार कार्यकर्ताको हैसियतले त्यसको अक्षरशः पालन गर्नु मेरो कर्तव्य हो, उनी भन्छिन्।

सांसद चौधरीले नेता नेपाल समूहमाथि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न लागिपरेको टिप्पणी गर्दै ६ बुँदे प्रश्न गरेकी छिन्।

गंगा चौधरी नबुझेको कुरा :

⁃ पार्टी जेष्ठ २ मा फर्काउने माग पनि पूरा भएको छ।
⁃ कार्यदलले पार्टी एकताको सहमति गरी सकेको छ।

⁃ कार्यदलकै सुझाव अनुसार विधिवत् रुपमा बोलाइएको पार्टी बैठकमा उपस्थित भएर आफ्ना कुरा नराखेर बहिष्कार गर्नु, अनेक अत्तो थापिरहनु, अर्घेल्याईं गरिरहनु, विपक्षीसँग मिलेर आफ्नै पार्टीको सरकार ढाल्न मरीहत्ते गरेर लाग्नु, ढाली सकेर पनि अझै चित्त नबुझेर विपक्षीसँग अनैतिक सॉठगॉठ गरिरहनु। यो सब के हो मैले बुझ्न सकेको छैन’।
⁃ अहिले केही मित्रहरुले पार्टी हितको विपक्षमा लाग्न मलाई फोन गरेर प्रलोभनमा पार्ने दुष्प्रयास गरी रहनु भएको छ। कृपया दुःख नगर्नु होला मित्रहरु।

⁃ म गंगा थारु कुनै पनि हालतमा जनताको प्यारो पार्टी नेकपा एमालेको अहित हुने कुनैपनि गतिविधिमा लाग्ने छैन। ‘यो स्पष्ट हो र यो मेरो प्रण पनि हो।
⁃ पार्टीले जे जस्तो निर्णय गर्छ पार्टीको एउटा इमान्दार कार्यकर्ताको हैसियतले त्यसको अक्षरशः पालन गर्नु मेरो कर्तव्य हो’।

प्रकाशित मिति २०७८ साउन २ गते शनिवार १२:०७
प्रतिक्रियाहरु