ओली सरकारले राजदूतमा सिफारिस गरेका ११ जनाको नियुक्ति प्रक्रिया रद्द

ओली सरकारले राजदूतमा सिफारिस गरेका ११ जनाको नियुक्ति प्रक्रिया रद्द

छाँयापाटी

@छाँयापाटी

२०७८ साउन ३ गते आईतबार ०१:३५

काठमाडौं-:  निवर्तमान केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका ११ देशका राजदूतको नियुक्ति प्रक्रिया सरकारले रद्द गरेको छ' । कांग्रेस सभापति शेरबहादुर देउवा नियुक्त भएपछि ओली नेतृत्वको सरकारले गरेका गरेका नियुक्ति बदर गर्ने निर्णय...

काठमाडौं-:  निवर्तमान केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका ११ देशका राजदूतको नियुक्ति प्रक्रिया सरकारले रद्द गरेको छ’ । कांग्रेस सभापति शेरबहादुर देउवा नियुक्त भएपछि ओली नेतृत्वको सरकारले गरेका गरेका नियुक्ति बदर गर्ने निर्णय गरेको हो ।

निवर्तमान प्रधानमन्त्री ओलीले अस्ट्रियाका लागि निर्मलराज काफ्ले, इजिप्टका लागि जीवन प्रकाश श्रेष्ठ, श्रीलंकाका लागि रमेशचन्द्र पौडेल, दक्षिण कोरियाका लागि कृष्णचन्द्र शर्मा,

अष्ट्रेलियाका लागि सुम्निमा तुलाधर, रसियाका लागि जंगबहादुर चुहान, म्यानमारका लागि नारायणप्रसाद संग्रौला, बहराइनका लागि युवराज कार्की, ब्राजिलका लागि कुलप्रसाद नेपाल, डेनमार्कका लागि सुमित्रा सुवेदी र साउदी अरबियाका लागि मेराज मुसलमानलाई राजदूतमा नियुक्ति गर्ने निर्णय गर्नुभएको थियो ‘। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त नियुक्ति प्रक्रिया रद्द गर्ने निर्णय गरेको हो’ ।

यो पनि पढ्नुहोस

विश्वभर तीन अर्ब ६० करोड १८ लाख ५६ हजार २९५ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्हरु यस प्रकार रहेका छन्’ ।

चीनमा एक अर्व ४३ करोड ७६ लाख २३ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । भारतमा ४० करोड ४९ लाख ३१ हजार ७१५ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ’ ।

अमेरिकामा ३३ करोड ६० लाख ७१ हजार ६४० डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । ब्राजिलमा ११ करोड ६४ लाख ८१ हजार ५२ डोज कोरोना भाइरसविरुद्ध लगाइएको छ ‘।

जर्मनी ८ करोड ५६ लाख १५ हजार ४३० डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । बेलायतमा ८ करोड २६ लाख ४९ हजार ३३१ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ ‘।

जापान ६ करोड ६७ लाख १४ हजार ५२८ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । फ्रान्समा ६ करोड ३३ लाख १९ हजार ८०५ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ’ ।

टर्कीमा ६ करोड २९ लाख ६४ हजार २४१ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । इटाली ६ करोड ११ लाख २ हजार ९८७ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ‘।

प्रकाशित मिति २०७८ साउन ३ गते आईतबार ०१:३५
प्रतिक्रियाहरु