जाँदाजाँदै ओलीले देश र जनतालाइ सम्झनलायक काम के-के गरे ? (सूचीसहित)

जाँदाजाँदै ओलीले देश र जनतालाइ सम्झनलायक काम के-के गरे ? (सूचीसहित)

छाँयापाटी

@छाँयापाटी

२०७८ साउन ३ गते आईतबार ०२:३७

काठमाडौं -:  केपी ओलीले पहिलोपटक प्रधानमन्त्रीबाट हट्दै गर्दा संसदमा भनेका थिए, ‘देशी विदेशी मिलेर चक्रव्यूह रचिएको छ तर कलियुगको अभिमन्यूले चक्रव्यूह तोड्नेछ '।यो नै अन्तिम होइन शुरूआत मात्र हो, हामी फेरि फर्किनेछौं जनताको आदेश...

काठमाडौं -:  केपी ओलीले पहिलोपटक प्रधानमन्त्रीबाट हट्दै गर्दा संसदमा भनेका थिए, ‘देशी विदेशी मिलेर चक्रव्यूह रचिएको छ तर कलियुगको अभिमन्यूले चक्रव्यूह तोड्नेछ ‘।यो नै अन्तिम होइन शुरूआत मात्र हो, हामी फेरि फर्किनेछौं जनताको आदेश लिएर ।

ओलीले त्यसबेला चक्रव्यूह तोडेर कलियुगका अभिमन्यूको रूपमा पुनः करिव दुई तिहाईको जनादेशसहित सिंहदरबारमा फर्किए ‘। तर, उनको दोस्रो इनिङ भने शुरूदेखि नै भद्रगोलपूर्ण रह्यो ।

नगर्नु एकता गरेपछि उनले नेकपा जोगाउन सक्नुपर्थ्यो ।’ प्रचण्ड र माधव नेपालमध्ये एकजनाको साथ लिएको भए उनी बलियो हुन्थे ‘। तर, त्यसो हुन सकेन र नेकपा हुँदै आज एमाले पनि विभाजित अवस्थामा हुँदा एमालेको माधव नेपाल समूहकै कारण उनी सत्ताच्यूत हुन पुगे ।

केपी ओली आज सर्वोच्च अदालतको परमादेशबाट बिदाई हुँदा चौतर्फी रूपमा उनको विरोधमात्र भइरहेको छैन, उनको पालामा सम्पन्न भएका, थालिएका र तीव्रता लिएका मुलतः विकास निर्माणका कामहरू भने उनी प्रधानमन्त्रीबाट हटेको धेरै वर्षपछि पनि सम्झनयोग्य नै छन् ।

राजनीतिक रूपमा ओलीको आलोचना गर्ने धेरै ठाउँ होलान् तर ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने उनको एजेण्डा हो, जसलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि चीनका राष्ट्रपति सी जिनपिङसम्मले ‘रिकग्नाइज’गरे ‘।

केपी ओलीमा ५ वर्षभित्रै केही गरौं, जुन कामले आफूलाई सधै सम्झाइरहोस् भन्ने नै थियो तर त्यस अनुसार उनले आफ्नो पार्टी व्यवस्थापन गरेनन् । एक्लै हिँड्न खोज्दा ओलीले ५ वर्ष शासन चलाउन त पाएनन् नै, सोचेजस्तो काम गर्न पनि सकेनन् ‘।

तर, पनि उनले साढे तीन वर्षमा जति काम गरे, राजनीतिक विवादहरूलाई बाहिर राखेर विश्लेषण गर्दा केही सम्झनायोग्य काम गरेका छन् । राजनीतिक रूपमा पृथकतावादी र हिंसात्मक युद्धमा गएका समूहलाई राज्यका मूल प्रवाहमा ल्याउने चुनौतिपूर्ण काममा सफलता पाए’ ।

उनको एक्लो प्रयास थियो,सानातिना सशस्त्र समूहलाई पनि हतियारसहित मूल प्रवाहमा ल्याए ।’ मुलुकको नक्साबाट गायब भएको अतिक्रमित भूमि समेटेर राजनीतिक नक्सा जारीमात्र गरेनन्,त्यसकारण भारतसँग उनको सम्बन्ध समेत नराम्ररी बिग्रियो ।

यसबीचमा ओलीले अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपालको उपस्थिति देखिने र सुनिने बनाएकै हुन् ।’ सार्क सम्मेलन आयोजना हुन सकेन तर विमस्टेक आयोजना गरे । खोप कूटनीतिमा उनले राष्ट्रपतिसमेत लगाएर सफलता पाए । नयाँ सरकारले धेरै मेहनत गर्न नपर्ने गरी खोपको व्यवस्थापन गरेर गएका छन् ओली ।

यसबीचमा संविधानको पूर्णकार्यान्वयन भएको छ ।’ संविधान जलाएकाहरूलाई पालैपालो सरकारमा ल्याएर ओलीले संविधान सर्वस्वीकार्य बनाएकै हुन् । एसिड आक्रमणकारी र बलात्कारीलाई कडा सजाय दिने कानून ल्याएर उनले सामाजिक न्यायको पक्षमा उल्लेख्य काम गरे ।

सामाजिक सुरक्षामा उनले प्राथमिकता दिए र ५ वर्षभित्र ५ हजार वृद्धभत्ता पुर्‍याउने घोषणा अनुरूप तेस्रो वर्षमा ४ हजार पुर्‍याए’ । भुकम्पपछिको पुन:निर्माण लगभग टुंग्याएर गएका छन् ओली ‘।

मेलम्ची खानेपानी, माथिल्लो तामाकोशीजस्ता आयोजनाहरूको कामलाई उनले आफ्नो कार्यकालमै टुंग्याउन तदारुकता दिएर सम्भव भयो । देशभरका स्थानीय तहमा १५ शय्याका अस्पताल एकै दिन शिलान्यास भए र सम्भवतः अर्को वर्ष अधिकांश निर्माण हुनेछन् ‘।

धेर्रै ठूला पूर्वाधार विकासका आयोजनाहरू ओलीले अघि बढाएका छन् ।’ अब जुन सरकार आए पनि ती आयोजना रोकिन सक्दैनन् ओलीलाई सम्झाउने केही कामहरु यस्ता छन् ‘।

प्रकाशित मिति २०७८ साउन ३ गते आईतबार ०२:३७
प्रतिक्रियाहरु