प्रधानमन्त्री देउवाले मागे जसपाका अध्यक्ष महन्थ ठाकुर समूहसँग विश्वासको मत

प्रधानमन्त्री देउवाले मागे जसपाका अध्यक्ष महन्थ ठाकुर समूहसँग विश्वासको मत

छाँयापाटी

@छाँयापाटी

२०७८ साउन ३ गते आईतबार ०५:२४

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुर समूहसँग आफूलाई विश्वासको मत दिन आग्रह गर्नुभएको छ । आइतबार अध्यक्ष ठाकुरलाई ‘विश्वासको...

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुर समूहसँग आफूलाई विश्वासको मत दिन आग्रह गर्नुभएको छ ।

आइतबार अध्यक्ष ठाकुरलाई ‘विश्वासको मत सम्बन्धमा’ पत्र लेख्दै प्रधानमन्त्री देउवाले संसदमा आफूलाई विश्वासको मत दिन आग्रह गर्नुभएको हो ।

आज संसद् भवनमा फागुन २८ गतेको सर्वोच्च अदालतको फैसलापछि संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्रीमा नियुक्त देउवाले विश्वासको मत लिदै हुनुहुन्छ ।

नेकपा एमालेका उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य भीम रावलले सांसद पदबाट राजीनामा दिएका छन् । आइतबार नयाँबानेश्वरस्थित संसद् भवनमा अनैतिक राजनीति तथा देश र जनताविरोधी राजनीतिक अभ्यासको मतियार हुनुभन्दा राजीनामा दिनु उचित रहेको निष्कर्ष निकाल्दै नेता रावलले राजीनामा दिएका छन् ।

उनले राजीनामा पत्रमा भनेका छन्, ‘ अनैतिक राजनीति तथा देश र जनताविरोधी राजनीतिक अभ्यासको मतियार हुनुभन्दा त्यसबाट अलगत हुनु श्रेयष्कर भएकोले उक्त प्रकारको दुषित खेलबाट आफूलाई अलग गर्दै प्रतिनिधि सभाको सदस्य पदबाट राजीनामा दिएको छु ।’

राजनीतिक नेतृत्वबाट देश र जनतालाई अनेकौं पीडा र अनिश्चयको दिशातर्फ धकेल्ने कृत्य हुँदै गएपछि आफूले सांसद पदबाट राजीनामा दिन बाध्य भएको उनले बताएका छन् । उनका अनुसार अनैतिक राजनीतिले आज नेपाल र नेपालीको शीर निहुरिँदै गएको छ ।

केही समययता राजनीतिक वृत्तको नेतृत्व तहमा देखिएको चरम सत्ता र पद लिप्सा, विधि–पद्धति देख्दा सच्चा देशभक्त र लोकतन्त्रप्रेमी नेपालीको मन रुने पनि उनले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

उनले राजीनमा पत्रमा लेखेका छन्, ‘अनैतिक चरित्रको घृणित अभ्यास भइरहेको देख्दा कुनै पनि सच्चा देशभक्त र लोकतन्त्रप्रेमी नेपालीको मन रुन्छ । यस्ता विकृत तथा देश र जनताको हित विपरितका क्रियाकलापका विरुद्ध जुझ्दै तिनलाई रोक्नको लागि जनप्रतिनिधि एवम् राजनीतिकर्मीको हैसियतले मैले अधिकतम् प्रयत्न गरेँ ।’

प्रकाशित मिति २०७८ साउन ३ गते आईतबार ०५:२४
प्रतिक्रियाहरु