काठमाडौं -: प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई ज्ञापन गर्दै कार्यकालको सफलताको कामना गर्नुभएको छ ।
प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेको केही क्षणमै सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री मोदीले आफ्ना नेपाली समकक्षीमा शुभकामना व्यक्त गर्नुभएको हो ।
सबै क्षेत्रमा बहुआयामिक भारत र नेपालबीचको जनस्तरको प्रगाढ एवं अद्वितीय सम्बन्धलाई अझ सुदृढ तुल्याउन प्रधानमन्त्री देउवासँगको सहकार्यका निम्ति आफू प्रतीक्षारत रहेको बताउनुभएको छ ‘।
त्यसैबीच प्रधानमन्त्री देउवाले पनि शुभेक्षाका निम्ति प्रधानमन्त्री मोदीप्रति आभार व्यक्त गर्नुभएको छ ‘। सामाजिक सञ्जालबाटै उहाँले दुवै देशबीचको सम्बन्धलाई सबल तुल्याउन प्रधानमन्त्री मोदीसँग निकट सम्पर्कमा रहेर काम गर्ने आफ्नो अभिलाषा प्रकट गर्नुभएको छ ।
पार्टी छाडेकै कारण आफूहरुको मन्त्री र सांसद पद गएको अनि प्रदेशदेखि स्थानीय तहका अन्य आफूपक्षीय जनप्रतिनिधिलाई पनि खतरा भएको दाबीसहित टोपबहादुरहरु माओवादी केन्द्र नामक पार्टी नै अवैध हो भन्दै निर्वाचन आयोग पुगेका थिए ‘। उनीहरुको जिकिर थियो, महाधिवेशन गरेको मिलेको छैन ‘। तर, आयोगका सारा पदाधिकारीले एकमुख लागेर उल्टै जवाफ दिए, ‘त्यसो भए हामीले खाएको मन्त्री पद पनि अवैध थियो भनेर निवेदन हाल्नुस् न त !
यसबारे आयोगमा पहिला अधिवक्ता सरोज बुढाथोकीको निवेदन परेको थियो ।’ उनले माओवादी केन्द्रको महाधिवेशन मितिका आधारमा समय घर्किएको दावी गरे ‘। ०७३ सालमा नाम मात्र परिवर्तन भएको कारण दल अवैध भएको उनको जिकिर थियो । पछि टोपबहादुर रायमाझी, प्रभु साहहरु तुरुन्त दल खारेज गर्नुप¥यो भनेर कराउन गए ।
तर, आयोगले पुरानो विवरण हेर्दा ती माग र दावी पुग्ने देखिएन । २०७३ साउन ३२ मा विभिन्न दलसँग एकीकरण भएर पार्टीको नाम नेकपा (माओवादी केन्द्र) भएको विवरण भेटियो ‘। र, त्यही नाममा दल दर्ता भयो । नेपालको संविधान आएपछि नयाँ ०७३ मंसिर ३० गते अरु राजनीतिक दलसँगै उक्त दल पनि दर्तामा गयो ।
त्यही नाम र चुनाव चिह्नबाट स्थानीय, प्रतिनिधिसभा, प्रदेश र राष्ट्रियसभाका निर्वाचनमा भाग लिइएको भेटियो । त्यसैले निर्वाचन आयोगसँग माओवादी केन्द्र अवैध भन्ने ठाउँ भएन ।’ दल नै ०७३ सालमा दर्ता भएपछि महाधिवेशनको मिति घर्किएको भन्ने ठाउँ पनि रहेन ।
अर्कातिर, भविश्वर पराजुली नामक व्यक्ति पुगे,माओवादी केन्द्रको अध्यक्ष म हुँ’ भन्दै । तर, उनले अवैध ढंगले लेरप्याड प्रयोग गरेका कारण आयोगले उनैलाई सचेत गराउने निर्णय गर्यौ ।
प्रकाशित मिति २०७८ साउन ४ गते सोमबार ०९:२७