काठमाडौं साउन ५ -: नेकपा एमालेको हिजो बसेको १०औं केन्द्रीय कमिटी बैठकले शेरबहादुर देउवालाई मत दिने माधव नेपालसहित २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो’ ।
तर, तोकिएको समय सकिनै लाग्दा पनि स्पष्टीकरण पत्र भने पठाइएको छैन । ‘सांसद समिना हुसेनले पनि आफूलाई कुनै स्पष्टीकरण पत्र प्राप्त नभएको बताइन्’ । स्पष्टीकरण पत्र आएमा अदालतको मानहानी गरेको मुद्दा हाल्ने उनले चेतावनी दिइन् ‘।
यसअघि सर्वोच्चले प्रतिनिधीसभा विघटन मुद्दालाई बदर गरेसँगै संसद् पुर्नस्थापना प्रक्रियामा संसदीय दलको ह्विप नलाग्ने गरि निर्णय दिएको थियो ।
पछी नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्बाट विश्वासको मत लिँदा एमाले केपी ओली पक्षका केही सदस्य सहित माधव नेपालका पक्षका सांसद्ले देउवाको पक्षमा मतदान गरेका थिए’ । त्यसपछी देउवाको पक्षमा मतदान गर्ने सांसद्हरुलाई एमालले स्पस्टीकरण मागेको बताएको थियो ।
२४ घण्टा बित्यो, ओलीले सोधेनन् माधव नेपाल पक्षलाई स्पष्टीकरण
प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गर्दै सोमबार स्थगित भएको केन्द्रीय कमिटी बैठक आज पनि बस्न लागेको हो ।’ एमाले अध्यक्ष ओलीको प्रस्तावमा केन्द्रीय कमिटी बैठकले २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । तर, अहिलेसम्म उनीहरूलाई स्पष्टीकरण सोधिएको छैन ।
एमाले नेता खतिवडाले सञ्चारमाध्यममा सुनेको भए पनि आफूलाई कसैले स्पष्टीकरण नसोधेको बताएका छन् । ‘अहिलेसम्म कुनै पत्र आएको छैन । इमेल, मेसेजबाट पनि केही जानकारी आएको छैन’ खतिवडाले भने ।’ ३ साउनमा प्रतिनिधि सभामा प्रधानमन्त्री देउवाले विश्वासको मत पाएका थिए ।त्यसमा २२ जना एमाले सांसदले पनि मत दिएका थिए ।’ जसमध्ये आठ जना अध्यक्ष ओली पक्षका थिए ।
प्रकाशित मिति २०७८ साउन ५ गते मङ्गलबार ०४:५३