घरमै पुगेर भारतीय राजदूत विनयमोहनले प्रचण्डलाइ भेट्नुलाइ कसरि लिनु हुन्छ ?

घरमै पुगेर भारतीय राजदूत विनयमोहनले  प्रचण्डलाइ भेट्नुलाइ कसरि लिनु हुन्छ ?

छाँयापाटी

@छाँयापाटी

२०७८ साउन ६ गते बुधबार ०७:२७

काठमाडौं -:  नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेरबहादुर देउवालाई फोन गरेर बधाइ...

काठमाडौं -:  नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेरबहादुर देउवालाई फोन गरेर बधाइ दिएको भोलिपल्ट मंगलबार राजदूत क्वात्रा प्रचण्ड निवास खुमलटार पुगेका थिए’ ।

प्रचण्डले बुधबार स्थायी कमिटी सदस्यहरुलाई सुनाए अनुसार भेटमा राजदूत क्वात्राले जो सरकारमा आए पनि राम्रो सम्बन्ध कायम गरेर अघि बढ्ने बताएका थिए ।

प्रधानमन्त्री मोदीले आफ्ना नेपाली समकक्षीलाई फोन गरेर पनि भनिसकेको भन्दै उनले केही ग्याप भए हटाउनुपर्नेमा जोड दिएका थिए। माओवादी उच्च स्रोतले बताएअनुसार भेटमा राजदूत क्वात्राले खुलेर संवाद गरेका थिएनन् ‘। भारत र माओवादी नेतृत्वबीच अझै चिसोपन रहेको उनले सुनाए ‘।

माओवादी उच्च स्रोतले बताएअनुसार भेटमा राजदूत क्वात्राले खुलेर संवाद गरेका थिएनन् ।’ भारत र माओवादी नेतृत्वबीच अझै चिसोपन रहेको उनले सुनाए ‘।

प्रकाशित मिति २०७८ साउन ६ गते बुधबार ०७:२७
प्रतिक्रियाहरु