काठमाडौं -: नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टी भित्र देखिएको विवादको विषयमा सबैलाई आममाफी दिने बताएका छन् । पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सबैलाई पार्टीमा फर्किन...
काठमाडौं -: नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टी भित्र देखिएको विवादको विषयमा सबैलाई आममाफी दिने बताएका छन् । पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सबैलाई पार्टीमा फर्किन र मिलेर काम गर्न आग्रह गरे ।
ओलीले भने- ‘बाटो बिराएका सबैलाई आममाफी दिन्छु’‘बाटो बिराएका, भड्किएका साथीहरूलाई पनि आग्रह गर्न चाहन्छु, पार्टी र आन्दोलनको एकताका लागि सबैलाई एम्नेष्टि इज ग्रान्टेड ।
सो कार्यक्रममा ओलीले अझै पनि नेकपा एमाले स्थानीय तहदेखि केन्द्रसम्म नै प्रमुख शक्तिका रूपमा रहेकोसमेत दाबी गरे ।ओलीले कुनै पनि विकल्पबाट सरकार ढाल्न नसकेपछि आफ्नो नेतृत्वको सरकार ढाल्न सर्वोच्च अदालतको परमादेशको सहारा लिएकोसमेत बताए ।
उनले अब को कहाँ छ भन्ने छाडेर देश र जनताको कुरा गर्न तथा पार्टी एकताको कुरा गर्न सबैमा आग्रहसमेत गरे ।ओलीले भने- ‘बाटो बिराएका सबैलाई आममाफी दिन्छु’‘बाटो बिराएका, भड्किएका साथीहरूलाई पनि आग्रह गर्न चाहन्छु, पार्टी र आन्दोलनको एकताका लागि सबैलाई एम्नेष्टि इज ग्रान्टेड ।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल[email protected]
फोन – ०२१-५४०२२७