एकाविहानै काठमाडौमा भुकम्पको धक्का, मानिसहरु घरवाहिर निस्किए

एकाविहानै काठमाडौमा भुकम्पको धक्का, मानिसहरु घरवाहिर निस्किए

छाँयापाटी

@छाँयापाटी

२०७८ साउन ८ गते शुक्रबार ०८:५०

काठमाडौँ, ८ साउन- भक्तपुरको सल्लाघारी केन्द्रविन्दु भएर भूकम्प गएको छ । काठमाडौं उपत्यकामा आज बिहान भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भक्तपुरको सल्लाघारी नजिक केन्द्रविन्दु भएर भूकम्प गएको...

काठमाडौँ, ८ साउन- भक्तपुरको सल्लाघारी केन्द्रविन्दु भएर भूकम्प गएको छ । काठमाडौं उपत्यकामा आज बिहान भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भक्तपुरको सल्लाघारी नजिक केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भक्तपुरको सल्लाघारी आसपास केन्द्रविन्दु भएर ३.५ रिक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्प बिहान ७ः०५ बजे गएको केन्द्रका भूकम्पविद् डा मुकुन्द भट्टराईले जानकारी दिनुभयो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

काठमाडौंको कोटेश्वरमा पनि केही सेकेण्डसम्म भूकम्पको धक्का महसूस गरिएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले सल्लाघारी आसपासलाई केन्द्रविन्दु बनाएर ३ दशमलव ५ म्याग्नेच्युडको भूकम्प गएको जानकारी दिए।

प्रकाशित मिति २०७८ साउन ८ गते शुक्रबार ०८:५०
प्रतिक्रियाहरु