सांसद पदमा पुनर्बहालीको माग गर्दै चार पूर्व पूर्वमाओवादी नेताद्वारा सर्वोच्चमा रिट दायर

सांसद पदमा पुनर्बहालीको माग गर्दै चार पूर्व पूर्वमाओवादी नेताद्वारा सर्वोच्चमा रिट दायर

छाँयापाटी

@छाँयापाटी

२०७८ साउन १३ गते बुधबार ०२:३२

पुनर्स्थापित प्रतिनिधिसभाले बैठक शुरु भएको एक साता बितिसक्दा समेत जनताले अनुभूत गर्ने गरी काम गर्न नसकेको वा नपाएको भनी सांसदहरुले संसदमै प्रश्न उठाउन थालेका छन् । प्रश्न उठाउनेमा स्वयम् सत्तारुढ दल नेपाली कांगेसका सांसदहरु अगाडि देखिएका छन् ।

१३ साउन, काठमाडौं -:  सांसद पदमा पुनर्बहालीको माग गर्दै पूर्व नेकपा माओवादी केन्द्रका चार जना नेताले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले आफूलाई सांसद पदमा पुनर्बहाली गर्न माग गर्दै बुधबार सर्वोच्चमा रिट दर्ता गरेका हुन् ।

पुनर्स्थापित प्रतिनिधिसभाले पनि अपेक्षित गति लिन नसकेको भनेर संसदमै प्रश्न उठ्न थालेको छ । सर्वोच्च अदालतबाट पुनर्स्थापित प्रतिनिधिसभाको बैठक साउन ३ गतेबाट शुरु भएको थियो । त्यसयता मंगलबारसम्म तीनवटा बैठक बसे ।

तर यो बीचमा संसदीय समितिबाट पास भएर हाउसमा पेश भएका कुनै पनि विधेयक राष्ट्रियसभामा पठाइएन । हाउसमा अड्किएका विधेयकहरु पनि दफावार छलफलमा संसदीय समितिमा पठाइएको छैन ।

संसदीय विषयगत समितिमा विचाराधीन रहेका विधेयकमाथि समेत छलफल शुरु भएको छैन । विषयगत समितिहरु आफैं क्रियाशील हुन सक्छन । तर यो बीचमा संसदीय समिति पनि सक्रिय भएको देखिँदैन ।

पुनर्स्थापित प्रतिनिधिसभाको काम कारबाही

साउन ३ गते प्रतिनिधिसभाका दुईवटा बैठक बसे । पहिलो बैठकमा अधिवेशन आह्वानसम्बन्धी र मन्त्रिपरिषद्को गठनसम्बन्धी राष्ट्रपतिको पत्र पढेर सुनाउने र दिवंगत सांसदहरुप्रति शोक प्रकट गर्ने काम भयो ।

सोही बैठकमा अघिल्लो सरकारले ल्याएका विभिन्न १२ वटा विधेयक पेश भयो । संसद नहुँदा सरकारले ल्याएका विधेयकहरु संसद शुरु भएपछि पहिलो बैठकमा पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

पहिलो दिनकै दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिए । उनलाई १६५ जना सांसदले समर्थन गरे ।

दोस्रो बैठक– साउन ८ गते बसेको प्रतिनिधिसभाको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक पार्टीका नेताहरुले नवनिर्वाचित प्रधानमन्त्री देउवालाई बधाई एवं शुभकामना दिए । प्रधानमन्त्री देउवाले विश्वासको मत दिने सांसदहरुलाई धन्यवाद ज्ञापन गरे ।

दोस्रो बैठकमा प्रधानमन्त्री देउवाले महालेखा परीक्षकको ५७ औं वार्षिक प्रतिवेदन पेश गरे । सोही दिन संसदको राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति शशि श्रेष्ठले कारागार विधेयक सम्बन्धी समितिको प्रतिवेदन सभासमक्ष पेश गरिन् ।

तेस्रो बैठक– साउन १२ गते बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुले शून्य र विशेष समयमा बोल्ने अवसर पाए ।यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश गरे । तेस्रो बैठकमै मन्त्रिमण्डलमा राज्यमन्त्री थपिएको सम्बन्धी राष्ट्रपतिको पत्र पढेर सुनाउने काम पनि भयो ।

चौथो बैठक– साउन १५ गते बस्ने तय भएको छ ।पुनर्स्थापित प्रतिनिधिसभाले बैठक शुरु भएको एक साता बितिसक्दा समेत जनताले अनुभूत गर्ने गरी काम गर्न नसकेको वा नपाएको भनी सांसदहरुले संसदमै प्रश्न उठाउन थालेका छन् । प्रश्न उठाउनेमा स्वयम् सत्तारुढ दल नेपाली कांगेसका सांसदहरु अगाडि देखिएका छन् ।

मंगलबार प्रतिनिधिसभामा विशेष समय लिएर सत्तारुढ कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले संसदलाई ‘बिजनेस’ दिन सरकारको ध्यानाकर्षण गरे । सदनको बैठक प्रत्येक दिन राख्न र सांसदहरुलाई क्रियाशील बनाउन उनले माग गरे । अन्यथा जनताले आफूहरुलाई सही दृष्टिले नहेर्ने उनको भनाइ थियो ।

हामीले बहुत मुस्किलसँग संसद पुनर्स्थापनाको निम्ति लड्यौं । तर, यो संसद हामी हप्ता दिन, दश दिन ग्याप गरेर कार्य गर्दा खोइ बिजनेस ?’ सांसद राजभण्डारीले प्रश्न गरे, ‘जनताले के भन्छन् ? उनीहरुले तिरेको तिरो, करबाट हामीले संसद चलाइरहेका छौं, सांसदले भोजन गरिरहेका छन् । तर, उनीहरुको निम्ति हामीले के दिन सक्यौं ?’ भएकै बिजनेसमाथि समेत ध्यान नपुगेको उनको भनाइ थियो ।

 

प्रकाशित मिति २०७८ साउन १३ गते बुधबार ०२:३२
प्रतिक्रियाहरु