काठमाडौं - नेकपा एमालेकी नेतृ रामकुमारी झाक्रीले पार्टी अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गरेर पार्टीको अध्यक्ष पद छाडेपछि मात्र पार्टीमा एकता हुने बताएकी छन् । शनिबार अखिल फोर्सको बृहत भेलामा बोल्दै नेतृ झाँक्रीले अध्यक्ष...
काठमाडौं – नेकपा एमालेकी नेतृ रामकुमारी झाक्रीले पार्टी अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गरेर पार्टीको अध्यक्ष पद छाडेपछि मात्र पार्टीमा एकता हुने बताएकी छन् । शनिबार अखिल फोर्सको बृहत भेलामा बोल्दै नेतृ झाँक्रीले अध्यक्ष ओली अध्यक्ष पदबाट बहिर्गमन नभएसम्म पार्टी एकता नहुने जिकिर गरिन् ।
उनले भनेकी छन्, ‘जतिबेला आजको राजनीतिलाई यो स्थितिमा पुर्याउनेहरु मेनस्ट्रिमबाट बाहिर हुन्छन्, पार्टी एकताको शर्तमा छाड्छन्, त्यतिबेला मात्र पार्टी एकता हुन्छ ।’
प्रतिगमनकारीसँग शीरमा राखेर त्यहीँ पार्टीमा बस्न नसक्ने पनि उनले बताएकी छन् । ‘दुई दुई पटक संसद् विघटन गर्ने प्रतिगमनकारी कि जनादेश ? एउटै पार्टीमा उभिएपछि एउटै धारणा हुनुपर्छ कि पर्दैन ? यदि प्रतिगमनकारी हो भने त्यहीँ पार्टीलाई शीरमा राखेर बस्न सक्छौँ कि सक्दैनौँ ? प्रतिगमन होइन भने प्रतिगमन हो भनेर हामी संसद्मा विद्रोह गरेर अदालतसम्म पुग्नेहरु त्यो पार्टीको सदस्य हुन्छन् कि हुँदैनन् ?,’ उनको प्रश्न छ ।
उनले आफूहरु पार्टी एकता विरोधी नभएको पनि स्पष्ट पारेकी छन् । त्यसैले अब पुस ५ र जेठ ७ प्रतिगमन कि जनादेश भन्ने प्रष्ट हुनुपर्ने पनि उनको माग छ । त्यसैले यी सबै प्रश्नको जवाफ १० बुँदे सहमतिले दिन नसक्ने उनले बताइन् ।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल[email protected]
फोन – ०२१-५४०२२७