देउवा नेतृत्वकाे सरकार जन बिरोधि अनि गरिब मारा कम्फर्टेबल सरकार हो-शान्ता चौधरी

देउवा नेतृत्वकाे सरकार जन बिरोधि अनि गरिब मारा कम्फर्टेबल सरकार हो-शान्ता चौधरी

छाँयापाटी

@छाँयापाटी

२०७८ साउन २० गते बुधबार १०:१२

काठमाडौँ, २० साउन : नेकपा एमालेकी नेतृ शान्ता चौधरीले जन बिरोधि अनि गरिब मारा कम्फर्टेबल सरकारभन्दा केहि फरक नपर्ने बताउनु भएको छ ।' प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्व सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने निर्णय...

काठमाडौँ, २० साउन : नेकपा एमालेकी नेतृ शान्ता चौधरीले जन बिरोधि अनि गरिब मारा कम्फर्टेबल सरकारभन्दा केहि फरक नपर्ने बताउनु भएको छ ।’ प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्व सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने निर्णय गरेपछी गरेपछि चौधरीले सामाजिक सन्जाल ट्विटरमा ट्विट गर्दै उक्त कुरा बताउनु भएको हो ‘।

नेतृ शान्ता चौधरीको ट्विट- जन बिरोधि अनि गरिब मारा कम्फर्टेबल सरकार भन्दा केहि फरक नपर्ला |’ भुमि समस्या सम्बन्धि समाधान आयोगको खारेजिले लाखौ लाख भुमिहिन सुकुमबासी हरुलाइ लात हानेको छ ! परमादेशबाट बनेको सरकारले भुमिहिन सुकुमबासी समस्या समाधान के गर्थ्यो’ ।

यो पनि
सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिन आज पनि कार्यदलको बैठक
सरकारको न्यूनतम साझा कार्यक्रमलाई पारित गर्न सत्ता गठबन्धनको कार्यदलको बैठक आज पनि बोलाइएको छ ।’गठबन्धनले सरकारका ११ बुँदे प्राथमिकता र मन्त्रीहरूको १४ बुँदे आचारसंहिता पनि बनाएको छ।’ आज शीर्ष नेतासँगको परामर्शपछि मात्रै साझा न्यूनतम कार्यक्रमलाई अन्तिम रूप दिई सार्वजनिक गर्ने गठबन्धनको तयारी छ।

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलले बनाएको संयुक्त सरकारका नीति र कार्यक्रममा कोभिड– १९ बाट उत्पन्न विपत्तिबाट मुक्ति, राष्ट्रिय हितको संवर्द्धन तथा संघीयताको कार्यान्वयन र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण विषय राखिएको छ।

यसबाहेक शान्ति सुरक्षाको प्रत्याभूति, सुशासन र सदाचार, शान्ति प्रक्रियाको पूर्णता, आर्थिक नीति तथा कार्यक्रम, सामाजिक रूपान्तरण, तात्कालिक राहत, पुनर्निर्माण र पुनर्स्थापना, पर्यावरणीय सन्तुलन र अन्तर्राष्ट्रिय सम्बन्ध पनि कार्यक्रममा छ’।

प्रकाशित मिति २०७८ साउन २० गते बुधबार १०:१२
प्रतिक्रियाहरु