एमसीसी पारित नगर्न नौ दलको माग हामी पनि एक सेयर गरि सहभागी बनौ !

एमसीसी पारित नगर्न नौ दलको माग हामी पनि एक सेयर गरि सहभागी बनौ !

छाँयापाटी

@छाँयापाटी

२०७८ साउन २२ गते शुक्रबार ११:१२

काठमाडौँ -: नौ दलले अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) पारित नगर्न माग गरेका छन् ।सी पी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रीक मोर्चा, मोहन विक्रम सिंह महासचिव रहेको मसाल, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी,...

काठमाडौँ -: नौ दलले अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) पारित नगर्न माग गरेका छन् ।सी पी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रीक मोर्चा, मोहन विक्रम सिंह महासचिव रहेको मसाल, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, सीपी मैनली

नेतृत्वको माले, चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, ऋषि कट्टेल नेतृत्वको नेकपा, गोपाल किराती नेतृत्वको माओवादी केन्द्र, सुभाष काफ्ले नेतृत्वको जन समाजवादी पार्टी र साध्यबहादुर भण्डारी नेतृत्वको राष्ट्रिय जागरण परिषद पार्टीले एमसीसी पारित नगर्न माग गरेका हुन ।

सोमबार गजुरेलको अध्यक्षतामा बसेको बैठकले माघ २८ र २९ गते क्रमस प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर एमसीसी पारित नगर्न आग्रह गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले भारतद्वारा अतिक्रमित नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानीमा आफ्नो स्वामित्व कायम गर्न आग्रह गर्ने निर्णय गरेको गजुरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यी माग पुरा गराउन दबाब दिन सबै फागुन ३ गते पार्टीका प्रदेश समितिहरु मिलेर संयुक्त रुपमा जनसंघर्षका कार्यक्रम सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ ।फागुन ५ गते लगनखेलमा बृहद् जन संवाद कार्यक्रम सचालन गर्ने र फागुन ८

गते माइतीघरमण्डलाबाट ब्यानर र प्लेकार्डसहित जुलुस प्रदर्शन गर्दै नयाँ बानेश्वर पुगेर जनसभा गर्ने निर्णय बैठकले गरेको गजुरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यो  नि हेर्नु होस्

प्रकाशित मिति २०७८ साउन २२ गते शुक्रबार ११:१२
प्रतिक्रियाहरु