काठमाडौँ -: नौ दलले अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) पारित नगर्न माग गरेका छन् ।सी पी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रीक मोर्चा, मोहन विक्रम सिंह महासचिव रहेको मसाल, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी,...
काठमाडौँ -: नौ दलले अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) पारित नगर्न माग गरेका छन् ।सी पी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रीक मोर्चा, मोहन विक्रम सिंह महासचिव रहेको मसाल, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, सीपी मैनली
नेतृत्वको माले, चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, ऋषि कट्टेल नेतृत्वको नेकपा, गोपाल किराती नेतृत्वको माओवादी केन्द्र, सुभाष काफ्ले नेतृत्वको जन समाजवादी पार्टी र साध्यबहादुर भण्डारी नेतृत्वको राष्ट्रिय जागरण परिषद पार्टीले एमसीसी पारित नगर्न माग गरेका हुन ।
सोमबार गजुरेलको अध्यक्षतामा बसेको बैठकले माघ २८ र २९ गते क्रमस प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर एमसीसी पारित नगर्न आग्रह गर्ने निर्णय गरेको हो ।
त्यस्तै बैठकले भारतद्वारा अतिक्रमित नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानीमा आफ्नो स्वामित्व कायम गर्न आग्रह गर्ने निर्णय गरेको गजुरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यी माग पुरा गराउन दबाब दिन सबै फागुन ३ गते पार्टीका प्रदेश समितिहरु मिलेर संयुक्त रुपमा जनसंघर्षका कार्यक्रम सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ ।फागुन ५ गते लगनखेलमा बृहद् जन संवाद कार्यक्रम सचालन गर्ने र फागुन ८
गते माइतीघरमण्डलाबाट ब्यानर र प्लेकार्डसहित जुलुस प्रदर्शन गर्दै नयाँ बानेश्वर पुगेर जनसभा गर्ने निर्णय बैठकले गरेको गजुरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल-aaryavaaravi@gmail.com
फोन – ०२१-५४०२२७