काठमाडौँ -: सरकारको साझा न्यूनतम कार्यक्रममा अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नसमेटिनुको कारणबारे प्रधानमन्त्री शेरबहादुर देउवाले खुलासा गर्नु भएको छ ।
प्रधानमन्त्री देउवाले सत्ता साझेदार नेकपा मा-ओवादी...
काठमाडौँ -: सरकारको साझा न्यूनतम कार्यक्रममा अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नसमेटिनुको कारणबारे प्रधानमन्त्री शेरबहादुर देउवाले खुलासा गर्नु भएको छ ।
प्रधानमन्त्री देउवाले सत्ता साझेदार नेकपा मा-ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नामनेपछि उक्त कार्यक्रममा एमसीसीले स्थान नपाएको बताउनु भएको हो ‘।
कांग्रेस सभापति समेत रहनुभएका देउवाले पार्टीको संस्थापन पक्षीय पदाधिकारी र पूर्व:पदाधिकारीहरुको भेलामा सम्बोधन गर्दै उक्त कुरा बताउनु भएको हो ।’ भेलामा पार्टीका उप-सभापति विमेन्द्र निधिले सरकारको कार्यक्रममा एमसीसी नसमेटिनुको कारणबारे प्रश्न उठाउनु भएको थियो ‘। सोको जवाफमा प्रधानमन्त्री देउवाले प्रचण्ड तयार नभएपछि कार्यक्रममा एमसीसी समेट्न नसकिएको बताउनु भएको हो ‘।
यस अघि नै ओली सरकारका पाला संसदबाट पारित गराएर एमसीसी कार्यान्वयन गर्न खोज्दा पनि मा-ओवादी खेमको अवरोध एवं असहयोगका कारण एमसीसी अन्यौलमा पर्दै आएको थियो ‘। अध्यक्ष प्रचण्डले भने संशोधनविना यथास्थितिमा एमसीसी अनुमोदन गर्न नहुने बताउँदै आउनु भएको छ’
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल-aaryavaaravi@gmail.com
फोन – ०२१-५४०२२७