काठमाडौं -: प्रधानमन्त्री शेरबहादुर देउवाले अघिल्लो सरकारबाट निर्माण सम्पन्न नहुँदै उद्घाटन गरिएका आयोजनाको बाँकी कामलाई तत्काल सम्पन्न गर्न निर्देशन दिएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बुधबार बसेको राष्ट्रिय...
काठमाडौं -: प्रधानमन्त्री शेरबहादुर देउवाले अघिल्लो सरकारबाट निर्माण सम्पन्न नहुँदै उद्घाटन गरिएका आयोजनाको बाँकी कामलाई तत्काल सम्पन्न गर्न निर्देशन दिएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बुधबार बसेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको २०औँ निर्देशक समितिको बैठकमा प्राधिकरणका पदाधिकारीलाई उनले यस्तो निर्देशन दिए ।
बैठकमा प्रधानमन्त्रीले निर्माण सम्पन्न नहुँदै हतार हतारमा उद्घाटन भएका तर काम अझै बाँकी रहेका आयोजनाको काम प्रभावकारी ढङ्गले सञ्चालन गर्न र त्यसका लागि सरकारले सबै किसिमको सहयोग गर्ने बताए ।
बैठकले २०७२ साल वैशाख १२ गतेको महाभूकम्पले क्षति पु¥याएको भौतिक संरचना पुनर्निर्माणको जिम्मा पाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आफ्नो जिम्मेवारी सम्बद्ध निकायलाई हस्तान्तरणमा लैजाने निर्णय भएको जानकारी प्रधानमन्त्री कार्यालयका उपसचिव बद्री तिवारीले दिए । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल-aaryavaaravi@gmail.com
फोन – ०२१-५४०२२७