जन गायक जेबी टुहुरेकाे ७८ वर्षकाे उमेरमा निधन

जन गायक जेबी टुहुरेकाे ७८ वर्षकाे उमेरमा निधन

छाँयापाटी

@छाँयापाटी

२०७८ भदौ १० गते बिहिबार ०२:३७

काठमाडौं -:  जनगायक जेबी टुहुरेको निधन भएको छ।' बयोधा अस्पतालमा उपचारत उनको ७८ वर्षको उमेरमा विहिबार निधन भएको हो।कलंकीस्थित घरमा पक्षघात भएपछि उनलाई भदौ १ गते अस्पताल पु¥याएका थिए। 'अस्पताल पुग्दा उनको मस्तिस्कमा रगत जमेर हातखुट्टा...

काठमाडौं -:  जनगायक जेबी टुहुरेको निधन भएको छ।’ बयोधा अस्पतालमा उपचारत उनको ७८ वर्षको उमेरमा विहिबार निधन भएको हो।कलंकीस्थित घरमा पक्षघात भएपछि उनलाई भदौ १ गते अस्पताल पु¥याएका थिए। ‘अस्पताल पुग्दा उनको मस्तिस्कमा रगत जमेर हातखुट्टा चल्न छोडेको अस्पतालले जनाएको छ।

उच्च रक्तचाप, मदुमेहलगायतका दीर्घरोगबाट पीडित भएका कारण उनको शल्यक्रिया हुन नसकेको अस्पतालको भनाइ छ। ‘उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिडाँडामा राखिएको छ। ‘उनको आजै पशुपति आर्यघाटमा अन्तेष्टि गरिने बताइएको छ।

उनका ‘वीर छोराछोरी हो’आमा दिदी बहिनी’ लगायतका थुप्रै गीतहरुले क्रान्तिकारी सन्देश दिएका छन्।

बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुँद छ, लाखौँको लागि उजाड छ यो देश, मुठीभरलाई त स्वर्ग छ’, ‘आमा दिदीबहिनी हो, छोराहरू हो छोरीहरु हो,आँधी खोलैले मलाई रोइरहने बनायो साउको जालैले’ जस्ता दर्जनौं जनवादी गीतका गायक जेबी टुहुरे अर्थात् जुठबहादुर खड्गी अब रहेनन्’।

७८ वर्षको उमेरमा उपचारका क्रममा उनको बिहीबार बल्खुस्थित बयोधा हस्पिटलमा निधन भएको हो। एक साताअघि ब्रेन स्ट्रोक भएपछि उनलाई उपचारका लागि हस्पिटल भर्ना गरिएको थियो। टुहुरे मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका विरामी थिए। ‘२०२४ सालदेखि सांगीतिक क्षेत्रमा प्रवेश गरेका टुहुरेले एक सय ५० भन्दा बढी गीत रेकर्ड गराएका छन्’।

उनी दोस्रो संविधानसभामा तत्कालीन एनेकपा माओवादीबाट समानुपातिक सभासदसमेत बनेका थिए। २०७५ सालमा उनको नाममा जेबी टुहुरे फाउण्डेसन स्थापना गरिएको छ।

जेबी टुहुरे पञ्चायतकालीन समयमा जनवादी गायकका रूपमा परिचित थिए।’ उनले गाएका गीत पञ्चायती कालरात्रिविरुद्ध आन्दोलनको आवाज बन्यो, राज्यबाट शोषित र उपेक्षित किसान र मजदुरको आवाज बन्यो। ‘उनी आफ्ना गीतमा असमानताले थिचिएका विपन्नको आवाज बनाउँथे । त्यसैले पनि सबैले उनलाई मन पराएका हुन्’।

सरल र सहज स्वभावका टुहुरे सधैं सत्ताका विरोधी रहे। सत्तामा पुगेपछि आफ्नै साथीहरू पनि परिवर्तन हुने उनको भनाइ थियो। ‘उनले दिएका धेरै अन्तर्वार्तामा यस्ता कुरा आउँथे ।’ तत्कालीन नेकपा मालेका महासचिव मदन भण्डारीसँग टुहुरे धेरै नजिक थिए।’ ०४६ को परिवर्तनपछि पनि टुहुरे मदनको निवासमा गइरहन्थे।

प्रकाशित मिति २०७८ भदौ १० गते बिहिबार ०२:३७
प्रतिक्रियाहरु