पाटीको अध्यक्ष बने लगतै किन एमसीसी सम्झौता नेपालको हितमा छ पास गर्न पर्छ भन्दै छन् -अध्यक्ष नेपाल ?

पाटीको अध्यक्ष बने लगतै किन एमसीसी सम्झौता नेपालको हितमा छ पास गर्न पर्छ भन्दै छन् -अध्यक्ष नेपाल ?

छाँयापाटी

@छाँयापाटी

२०७८ भदौ ११ गते शुक्रबार ०९:४४

काठमाडौं -: नेकपा (एकीकृत समाजवादी’का अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौता परिर्माजन गर्नुपर्ने बताएका छन्’ । निर्वाचन आयोगले नयाँ पार्टीको मान्यता प्रदान गरेपछि विहीबार...

काठमाडौं -: नेकपा (एकीकृत समाजवादी’का अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौता परिर्माजन गर्नुपर्ने बताएका छन्’ ।

निर्वाचन आयोगले नयाँ पार्टीको मान्यता प्रदान गरेपछि विहीबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष नेपालले एमसीसी सम्झौता परिर्माजन गर्नुपर्ने बताएका हुन् ‘।

‘एमसीसी सम्झौता परिमार्जन ‘गरेर नेपालको हितमा प्रयोग होस् र अन्य कुनै पनि रणनीतिक योजनाको अंग नबनोस्’, भन्दै अध्यक्ष नेपालले भने, ‘नेपालको हित कुठाराघात नहोस् र कुनै पनि देशविरुद्ध लक्षित नहोस्’ ।

सरकारले दार्चुलास्थित महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको परिवारलाई सहयोग स्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा विहीबार बसेको ‘मन्त्रिपरिषद् बैठकले गत साउन १५’ गते महाकाली नदी पार गर्नका लागि तुइन तर्ने क्रममा खसेर बेपत्ता भएका दार्चुलाको व्यास गाउँपालिका–२ का’ धामीको परिवारलाई सहयोग स्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

बैठकले नेपाल कानून आयोगको अध्यक्षमा पूर्व न्यायाधीश जागेश्वर सुवेदीलाई नियक्त गर्ने निर्णय गरेको छ । ‘यसैगरी, राष्ट्रिय योजना आयोगको सदस्यमा पुष्प रमन वाग्ले र सोलनी प्रधान सिंहलाई नियुक्त गर्ने निर्णय समेत बैठकले गरेको उनले बताए’ ।

त्यस्तै बैठकले कोभिड–१९ विरुद्धको सारकोभ–२ ‘एमआरएनए खोप तथा हैजाको खोपलाई नेपालमा क्लिनिकल ट्रायल गर्न अनुमति दिएको उनले बताए ‘। ‘अतिकम विकसित राष्ट्रसम्बन्धी बैठकमा भर्चुअल रुपमा नेपालको तर्फबाट सहभागिता जनाउन योजना आयोगका उपाध्यक्षलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

प्रकाशित मिति २०७८ भदौ ११ गते शुक्रबार ०९:४४
प्रतिक्रियाहरु