पारसको क्यारिकेचर गरेका भरतमणि फाइनलमा प्रवेश,भिडियो सहित

पारसको क्यारिकेचर गरेका भरतमणि फाइनलमा प्रवेश,भिडियो सहित

छाँयापाटी

@छाँयापाटी

२०७८ भदौ १३ गते आईतबार ०८:३९

काठमाडाैँ -:  रियालिटी शो ‘कमेडी च्याम्पियन’ का प्रतिस्पर्धी भरतमणि पौडेल फाइनलमा प्रवेश गरेका छन् ।  पूर्वयुवराज पारस शाहको क्यारिकेचर गरेका  पाैडेलले जज मात्र हैन, दर्शककाे मन समेत जिते । शनिबार रातिकाे शेा मा उनी पारश शाहकाे...

काठमाडाैँ -:  रियालिटी शो ‘कमेडी च्याम्पियन’ का प्रतिस्पर्धी भरतमणि पौडेल फाइनलमा प्रवेश गरेका छन् ।  पूर्वयुवराज पारस शाहको क्यारिकेचर गरेका  पाैडेलले जज मात्र हैन, दर्शककाे मन समेत जिते । शनिबार रातिकाे शेा मा उनी पारश शाहकाे गेटअपमा देखिएका थिए ।

 

पारशकाे क्यारिकेचरका क्रममा उनले पारशकै बाेली, हाउभाउ गरेका थिए भने  पारसको स्वाभाव र बानीबेहोराप्रति व्यंग्यात्मक प्रस्तुति दिए । साथै वर्तमान राजनीतिक परिस्थितिप्रति उनकाे कटु व्यङ्ग्य दर्शकले मज्जाले पचाए ।

 

शनिबारकाे शाेअघि नै पाैडेलले प्रमाे निकै चर्चित भइसकेकाे थियाे । शनिबार राति भने अन्तिम ४ को प्रतिस्पर्धाबाट उनको प्रस्तुती उत्कृष्ट ठहर गर्दै जजहरुले सीधै फाइनलमा प्रवेश गराएका हुन् । बाँकी रहेका तीन प्रतिस्पर्धीबाट अब दुई जना छनोट गरेर फिनाले हुने बताइएकाे छ ।

 

 

 
 
प्रकाशित मिति २०७८ भदौ १३ गते आईतबार ०८:३९
प्रतिक्रियाहरु