काठमाडाैँ -: काठमाडाैँ उपत्यकामा आजदेखि निषेधाज्ञा पूरै हटाइएकाे छ । तर थप केही आदेश भने जारी भएको छ । काठमाडाैँ, ललितपुर र भक्तपुर प्रशासन कार्यालयले निषेधाज्ञा शब्द नराखेर कोरोना सङ्क्रमण रोकथामका लागि थप आदेश भन्ने शब्द प्रयाेग ...
काठमाडाैँ -: काठमाडाैँ उपत्यकामा आजदेखि निषेधाज्ञा पूरै हटाइएकाे छ । तर थप केही आदेश भने जारी भएको छ ।
काठमाडाैँ, ललितपुर र भक्तपुर प्रशासन कार्यालयले निषेधाज्ञा शब्द नराखेर कोरोना सङ्क्रमण रोकथामका लागि थप आदेश भन्ने शब्द प्रयाेग गरेका हुन् । आजदेखि फिल्म हल, दोहोरी साँझ, डान्स बार लगायतका मनोरञ्जनात्मक क्षेत्र तथा जिमखाना, फुटसल लगायतका क्षेत्र पनि स्वास्थ्यका मापदण्ड पालना गरेर खोल्न पाइने भएको छ ।
तर भदौ मसान्तसम्म जात्रा, सभाजुलुस, महोत्सव, भोजभतेर गर्न पाइने छैन । चाडपर्वहरु साङ्केतिक रुपमा मनाउन र व्यवसायहरु सञ्चालन गर्दा स्वास्थ्यमा मापदण्ड अपनाउन प्रशासन कार्यालयले अनुरोध गरेको छ ।
यस्तै, काठमाडाैँ उपत्यकाका विद्यालय खोल्ने-नखोल्ने निर्णय पालिकाले नै गर्ने भएका छन् । काठमाण्डौ ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले कोरोनाको सङ्क्रमणदर न्यून भइरहेको अवस्थामा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर विद्यालय खोल्न सकिने र यसको निर्णय भने पालिकाले नै गर्न सक्ने निर्णय गरेको हो ।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल[email protected]
फोन – ०२१-५४०२२७