साउन १५ मा भारतीय सीमा सुरक्षा बल ‘एसएसबी’ ले तुइनको लठ्ठा खुस्काउँदा नेपाली युवा जयसिंह धामी बेपत्ता भए । गृह मन्त्रालयले गठन गरेको छानविन समितिले दार्चुला पारीपट्टी भारतको गस्कु इलाकामा खटिएका एसएसबीका अधिकारीले तुइनको लठ्ठा...
साउन १५ मा भारतीय सीमा सुरक्षा बल ‘एसएसबी’ ले तुइनको लठ्ठा खुस्काउँदा नेपाली युवा जयसिंह धामी बेपत्ता भए । गृह मन्त्रालयले गठन गरेको छानविन समितिले दार्चुला पारीपट्टी भारतको गस्कु इलाकामा खटिएका एसएसबीका अधिकारीले तुइनको लठ्ठा खुस्काउँदा ३३ वर्षीय धामी महाकालीमा खसेको निष्कर्ष सहितको प्रतिवेदन बुझाएको छ ।
गृह मन्त्रालयले गठन गरेको छानविन समितिले प्रतिवेदन बुझाएसँगै भारतले दार्चुलामा अर्को ज्यादती शुरु गरेको छ । पछिल्लो ३ दिनयता दार्चुला सदरमुकाम खलंगा र ब्यास गाउँपालिकामा क्षेत्रमा निरन्तर भारतीय हेलिकप्टर उडाउन थालिएको दार्चुलाका प्रजिअ सिद्धराज जोशीले रातोपाटीलाई बताए ।
‘पछिल्लो तीन दिनयता खलंगा क्षेत्रमा निरन्तर हेलिकप्टर उड्न थालेपछि हामीले सो गतिविधि रोक्न पत्राचार गरेका छौं’ प्रजिअ जोशीले भने–‘बिहिबार पत्र पठायौं, जवाफ आएको छैन ।
तीन दिनअघि भारतीय पक्षले महाकाली नदीको किनारमा मात्र हेली उडाउने गरेको थियो । तर, भारतले तीन दिनयता खलंगास्थित नेपाली सेनाको गुरु गोरखा गुल्म हेडक्वार्टर, सशस्त्र प्रहरी बलको दार्चुलास्थित कार्यालय र राष्ट्रिय अनुसन्धान विभागको कार्यालयलाई लक्षित गरेर हेलिकप्टर उडाइरहेको छ ।
स्थानीय प्रशासनले पिथौरागढका प्रमुख जिल्ला अधिकारीलाई पत्र लेखेर आपत्ति जनाएको छ । पत्रको बोधार्थ धार्चुलालाई पनि पठाइएको प्रजिअ जोशीले बताए ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले सो बारेमा गृह मन्त्रालयलाई पनि जानकारी दिएको छ । तर, गृह मन्त्रालयले यसबारे कुनै प्रतिक्रिया दिएको छैन । यसबारे प्रतिक्रिया लिनका लागि सम्पर्क गर्दा गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेल सम्पर्कमा आउन चाहेनन् ।नेपाली सेनाको दार्चुलास्थित गुरु गोरख गुल्मले पनि जंगी अड्डालाई यसबारे जानकारी गराएको छ ।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल-aaryavaaravi@gmail.com
फोन – ०२१-५४०२२७