रामकुमारीको प्रश्न : महाकाली सन्धिमा भीम रावलको पोजिसन के थियो र अहिले MMC रोक्नु हुन्छ?

रामकुमारीको प्रश्न : महाकाली सन्धिमा भीम रावलको पोजिसन के थियो र अहिले MMC रोक्नु हुन्छ?

छाँयापाटी

@छाँयापाटी

२०७८ भदौ १९ गते शनिवार ०९:१४

१९ भदौ, काठमाडौं -: नेकपा (एकीकृत समाजवादी) की नेत्रृ रामकुमारी झाँक्रीले एमसीसीको विरोधमा उत्रिएको भन्दै एमाले अध्यक्ष केपी ओली र उपाध्यक्ष भीम रावलको चर्को आलोचना गरेकी छन् । ओलीले आफू नेतृत्वको सरकारको पालामा एमसीसी पास गर्न...

१९ भदौ, काठमाडौं -: नेकपा (एकीकृत समाजवादी) की नेत्रृ रामकुमारी झाँक्रीले एमसीसीको विरोधमा उत्रिएको भन्दै एमाले अध्यक्ष केपी ओली र उपाध्यक्ष भीम रावलको चर्को आलोचना गरेकी छन् ।

ओलीले आफू नेतृत्वको सरकारको पालामा एमसीसी पास गर्न मरिमेटेर लागेको दावी गर्दै नेतृ झाँक्रीले अहिले त्यसको विरोधमा उभिनु गलत भएको बताइन् ।

शनिबार सुनसरीको इनरुवामा आयोजित पार्टीको प्रथम नगर कमिटीको भेलामा उनले महाकाली सन्धिमा ओली र रावलले राष्ट्रघात गरेको दावी गर्दै राष्ट्रवादलाई आफूलाई पायक पर्नेगरी ब्याख्या गरेको आरोप लगाइन् ।

‘खड्ग ओली हिजो एमसीसी पास गर्न कन्दनी सुक्र्याएर लागि परेको मान्छे आज एमसीसीको विरोध गर्दैछन् । त्यसकारण पायक पर्दाको बखत बोलिने राष्ट्रवाद । कमरेड भीम रावल आज एमसीसीको विरुद्धमा जसरी बोल्दैछन् ।

मलाई सम्झना छ–५३ सालमा यो भन्दा ठूलो राष्ट्रघाती सन्धि महाकाली सन्धि भएको थियो । भीम रावलको पोजिसन के थियो ? कमरेड खडगप्रसाद ओलीको पोजिसन के थियो ? महाकाली सन्धिका बेला’ उनले भनिन् ।नेतृ झाँक्रीले ओलीको नेतृत्वमा रहेको एमालेको हालत सद्भावना पार्टीको जस्तै हुने टिप्पणी गरिन् ।

प्रकाशित मिति २०७८ भदौ १९ गते शनिवार ०९:१४
प्रतिक्रियाहरु