MCC लगायत विदेशी दातृ निकायले दिएको सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय

MCC लगायत  विदेशी दातृ निकायले दिएको सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय

छाँयापाटी

@छाँयापाटी

२०७८ भदौ २२ गते मङ्गलबार ०१:५५

काठमाडौं -सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णयहरु गरेको छ ।'बैठकले विदेशी दातृ निकायले दिएको सहायता र अतिरिक्त ऋण स्वीकार गर्ने, जनगणनाको कार्य कात्तिक २५ देखि मंसिर ९ सम्म गर्नेलगायत निर्णय गरेको छ । यस्ता छन्, मन्त्रिपरिषद्को...

काठमाडौं –सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णयहरु गरेको छ ।’बैठकले विदेशी दातृ निकायले दिएको सहायता र अतिरिक्त ऋण स्वीकार गर्ने, जनगणनाको कार्य कात्तिक २५ देखि मंसिर ९ सम्म गर्नेलगायत निर्णय गरेको छ ।

यस्ता छन्, मन्त्रिपरिषद्को निर्णय :
– रोकिएको २०७८ को जनगणना (मूल गणना) कात्तिक २५ देखि मंसिर ९ गतेसम्म गर्ने – विभिन्न आयोजनाका लागि स्थायी तथा अस्थायी दरबन्दी सिर्जना गर्ने,

–विदेशी दातृ निकायले दिएको सहायता र अतिरिक्त ऋृण स्वीकार गर्ने,– अन्तर्राष्ट्रिय विकास संस्थाबाट विद्यालय क्षेत्र सञ्चालन गर्ने प्रयोजनका लागि करिब ५ अर्ब ५४ करोड रुपैयाँ बराबरको सहायता स्वीकार गर्ने,

– अन्तराष्ट्रिय विकास संस्थामार्फत नै स्वास्थ्य क्षेत्र सुधारका लागि रु ४५ अर्ब ९४ करोड बराबरको अतिरिक्त सहुलियतपूर्ण ऋण सहयोग स्वीकार गर्ने,बैठकले यस आर्थिक वर्षका लागि विभिन्न आयोजनाका लागि स्थायी तथा अस्थायी दरबन्दी सिर्जना गर्ने,

– दार्चुलाको छाङ्गरुमा सुरक्षाकर्मी बस्ने ब्यारेक भवन निर्माण गर्ने, स्वर्गीय विपी कोइरालाको नाममा राष्ट्रिय पुरस्कार गर्ने,

– २२ भदौमा ४० जना (१० जनालाई उत्कृष्ट र ३० जनालाई निजामती) पुरस्कार दिनेलगायत निर्णयहरु गरेको

प्रकाशित मिति २०७८ भदौ २२ गते मङ्गलबार ०१:५५
प्रतिक्रियाहरु