काठमाडाैँ -: संखुवासभामा एकै परिवारका ६ जनाको हत्या प्रकरणमा पक्राउ परेका मुख्य आरोपी लोकबहादुरका भाइ पनि पक्राउ परेका छन् ।
शंका लागेपछि थप अनुसन्धानका लागि भन्दै लोकबहादुरका भाइ नरेश कार्कीलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको...
काठमाडाैँ -: संखुवासभामा एकै परिवारका ६ जनाको हत्या प्रकरणमा पक्राउ परेका मुख्य आरोपी लोकबहादुरका भाइ पनि पक्राउ परेका छन् ।
शंका लागेपछि थप अनुसन्धानका लागि भन्दै लोकबहादुरका भाइ नरेश कार्कीलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको सङ्खुवासभाका डिएसपी लालध्वज सुवेदीले जनाएका छन् ।
उनका अनुसार हत्या गरिएकामध्ये एकजनाको मोबाइल लोकबहादुरको घरमा फेला परेको थियो । उक्त मोबाइल नरेशले लुकाएको हुनसक्ने प्रहरीको आशंका छ ।
आशंकाकै आधारमा नरेशलाई पक्राउ गरिएको हो । अनुसन्धानका क्रममा उनीमाथि पनि सोधपुछ गर्नुपर्ने देखिएकाले नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।
अनुसन्धानका क्रममा प्रहरी अधिकारीले नरेशको साथबाट हत्या गरिएकी रञ्जना कार्कीकाे मोबाइल बरामद गरेका छन् । यसबाट अनुसन्धानमा नयाँ तथ्यहरु खुल्ने प्रहरीको विश्वास छ ।
यही भदौ २१ गते ५५ वर्षीय तेजबहादुर कार्की, उनकी आमा पार्वती कार्की, श्रीमती कमला कार्की, बुहारी रञ्जना कार्कीका साथै नातिनातिना विपिन कार्की र वर्षीया गोमा कार्कीको हत्या भएको थियो । लोकबहादुरले नै हत्या गरेकाे ठहर गर्दै प्रहरीले केही दिन अघि पक्राउर गरेर सार्वजनिक गरिसकेको छ ।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल-aaryavaaravi@gmail.com
फोन – ०२१-५४०२२७