काठमाडौं -: आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा ओमनले नेपाललाई १ सय २२ रनको लक्ष्य दिएको छ।
ओमानको घरेलु मैदान अल अमिरात क्रिकेट मैदानमा भएको खेलमा नेपालले कसिलो बलिङ गर्दा ओमनले...
काठमाडौं -: आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा ओमनले नेपाललाई १ सय २२ रनको लक्ष्य दिएको छ।
ओमानको घरेलु मैदान अल अमिरात क्रिकेट मैदानमा भएको खेलमा नेपालले कसिलो बलिङ गर्दा ओमनले ३७.१ ओभरमा सबै विकेट गुमाउँदै १२१ रन बनाएको हो।
टस जितेर ब्याटिङमा उत्रिएको ओमनका लागि कप्तान जेसन मक्सुदले सर्वाधिक ४१ रन बनाउँदा नशिम खुशीले १२ रन र करिमुल्लाहले ११ रन बनाए।
नेपालका करण केसीले ८ ओभरमा २० रन दिँदै ४ विकेट लिए भने सन्दीप लामिछानेले ८.१ ओभरमा १८ रन दिँदै ४ विकेट लिए। त्यस्तै शरद भेषवाकरले २ विकेट लिए।
सिरिजमा नेपालले यसअघि तीन खेल खेलिसकेको छ। तीन मध्ये नेपाल दुई खेलमा पराजित भइसकेको छ । पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको नेपाल दोस्रो खेलमा ओमानसँग ५ विकेटले नै हारेको थियो। तेस्रो खेलमा नेपाल अमेरिकासंग ४ विकेटले पराजित भएको थियो।पहिलो सिरिजमा ओमनसँग हार ब्यहोरेको नेपाल आज बदला लिने दाउमा रहेको छ। ओमान भने,लगातार दोस्रो जीत निकाल्न चाहन्छ।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल[email protected]
फोन – ०२१-५४०२२७