यिनै हुन् मुख्य योजनाकार खड्गबहादुर जसले ६ जना को ज्यान लिएर प्रहरी र पत्रकारलाई बेवकुफ बनाउदै थिए !

यिनै हुन् मुख्य योजनाकार खड्गबहादुर जसले ६ जना को ज्यान लिएर प्रहरी र पत्रकारलाई बेवकुफ बनाउदै थिए !

छाँयापाटी

@छाँयापाटी

२०७८ असोज ५ गते मङ्गलबार ०३:३७

काठमाण्डौ -:  संखुवासभाको मादी नगरपालिका-१ उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक ह’त्यामा सं’ल’ग्न भ’ए’को आरोपमा थप चारजना पक्राउ परेका छन् । प्रहरीले घटनास्थल मादी-१ उम्लिङ खोला गाउँबाट ह’त्याका’ण्ड’का मुख्य योजनाकार ४७ वर्षीय...

काठमाण्डौ -:  संखुवासभाको मादी नगरपालिका-१ उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक ह’त्यामा सं’ल’ग्न भ’ए’को आरोपमा थप चारजना पक्राउ परेका छन् ।

प्रहरीले घटनास्थल मादी-१ उम्लिङ खोला गाउँबाट ह’त्याका’ण्ड’का मुख्य योजनाकार ४७ वर्षीय खड्गबहादुर कार्की,२८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र १७ वर्षीय नरेश कार्कीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाले ह’त्यामा सं’ल’ग्न थप चारजनालाई आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।गत २१ भदौ बिहान २१ भदौमा उम्लिङ खोला गाउँका ५२ वर्षीय तेजबहादुर, उनकी ८४ वर्षीया आमा पार्वती, ५२ वर्षीया श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना, नाति दीपेन र नातिनी गोमाको ह’त्या भ’ए’को थियो । एकै परिवारका ६ जनाको ह’त्यामा सं’ल’ग्न स्थानीय लोकबहादुर कार्कीलाई यसअघि नै प्रहरीले पक्राउ गरिसकेको छ ।

मृतक रञ्जना कार्कीको हराएको मोबाइल प्रहरीले गत शुक्रबार फेला पारेपछि प्रहरीको अनुसन्धान टोली पुन: घटनास्थल पुगेको थियो । घटनाबारे थप अनुसन्धान गर्ने शुक्रबार संघीय इकाइ प्रहरी कार्यालय धरानका प्रहरी उपरीक्षक (एसपी) भीम दाहालको नेतृत्वमा १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरीसहित ६ जनाको टोली घटनास्थल खोला गाउँ पुगेको थियो ।

लोकबहादुरको बयानका आधारमा थप चारजना पक्राउ गरेको डिएसपी सुवेदीले बताए । पक्राउ परेका चारैजनामाथि म्याद थप गरेर अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ । पक्राउ परेका चारैजना मृतक तेजबहादुरका छिमेकी हुन् ।

प्रकाशित मिति २०७८ असोज ५ गते मङ्गलबार ०३:३७
प्रतिक्रियाहरु