सर्वेक्षणमा देखायो देशको लागि केपी ओली नै असल र समक्ष नेता

सर्वेक्षणमा देखायो देशको लागि केपी ओली नै  असल र समक्ष नेता

छाँयापाटी

@छाँयापाटी

२०७८ असोज ७ गते बिहिबार ०३:२२

काठमाडौं -:  नेकपा माओवादी केन्द्रनिकट व्यक्तिहरुले गरेको सर्वेक्षणमा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली असल र सक्षम नेतामा अग्रपंक्तिमा देखिएका छन् । माओवादी अध्यक्ष प्रचण्डको प्रेस सहयोगी मनहरि तिमिल्सिनाले...

काठमाडौं -:  नेकपा माओवादी केन्द्रनिकट व्यक्तिहरुले गरेको सर्वेक्षणमा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली असल र सक्षम नेतामा अग्रपंक्तिमा देखिएका छन् ।

माओवादी अध्यक्ष प्रचण्डको प्रेस सहयोगी मनहरि तिमिल्सिनाले सामाजिक सञ्जाल ट्वीटरमा गरेको सर्वेक्षणमा ओली अंग्र स्थानमा देखिएका हुन् । नेपालका राजनीतिज्ञमध्ये तुलनात्मक रुपमा असल र सक्षम नेताको नाम लिनुपर्दा तपाई कसको नाम लिनुहुन्छ ?

भनेर तिमिल्सिनाले माधवकुमार नेपाल, बाबुराम भट्टराई, प्रचण्ड र केपी शर्मा ओलीको नाम राखेका थिए । जसमा ओली ६० प्रतिशत, बाबुराम १८ प्रतिशत, प्रचण्ड १६ प्रतिशत, माधव नेपाल ५ प्रतिशतमात्रै असल र सक्षम नेता देखिएको छ ।

यो पनि : नवनियुक्त परराष्ट्रमन्त्री नारायण खड्कालाई भारतीय समकक्षी एस जयशंकको बधाई

नवनियुक्त परराष्ट्रमन्त्री नारायण खड्कालाई भारतीय समकक्षी एस जयशंकले बधाई तथा शुभकामना दिएका छन् ।विदेश मन्त्री जयशंकरले आगामी दिनमा मन्त्री खड्कासँग मिलेर काम गर्ने बताएका छन् । ‘नेपालको परराष्ट्रमन्त्रीमा नियुक्त भएकोमा सम्माननीय डा. नारायण खड्कालाई बधाई छ । आगामी दिनमा उनीसँगै मिलेर काम गर्ने आशा गर्छु,’ जयशंकरले ट्विट गरेका छन् ।

७२ वर्षीय खड्का बुधबार परराष्ट्रमन्त्रीमा नियुक्त भएका थिए । उनलाई बुधबार नै राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको सपथ खुवाएकी थिइन् । मन्त्री खड्काले चीन र भारतसँग सन्तुलित सम्बन्ध कायम हुने बताएका छन् ।मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री खड्काले दुबै छिमेकीसँग अन्त्यन्त सुमधुर, घनिष्ठ, मैत्रीपूर्ण र सन्तुलित सम्बन्ध हुने बताएका हुन् ।

प्रकाशित मिति २०७८ असोज ७ गते बिहिबार ०३:२२
प्रतिक्रियाहरु