असोज, काठमाडौं – रुकुम पश्चिम घर भएका २५ वर्षीय खेमबहादुर घर्ती शुक्रबार अवलोकनका लागि नारायणहिटी दरबार संग्रहालय पुगे ´।
टिकट काटेर संग्रहालयको विभिन्न कक्ष नियाल्दै अघि बढेका उनी जब श्रीपेच रहेको कक्षमा पुगे, अनपेक्षित गतिविधि गर्न थाले ।
उनले श्रीपेच राखिएको कोठाको भित्तामा रहेको सोकेसको सिसा फुटाए ।
त्यहाँबाट खुकुरी निकालेर श्रीपेच भएतिर अघि बढे ´। यद्यपि संग्रहालयको´ सुरक्षामा खटिएका नेपाली सेनाको टोलीले तत्काल उनलाई नियन्त्रणमा लियो ।
उनी हाल महानगरीय प्रहरी वृत्त दरबारमार्गको नियन्त्रणमा छन् र उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।{
उनले श्रीपेच राखिएको कोठाको भित्तामा रहेको सोकेसको सिसा फुटाए ।´ त्यहाँबाट खुकुरी निकालेर श्रीपेच भएतिर अघि बढे । यद्यपि संग्रहालयको सुरक्षामा खटिएका नेपाली सेनाको टोलीले तत्काल उनलाई नियन्त्रणमा लियो ।
उनी हाल महानगरीय प्रहरी वृत्त दरबारमार्गको नियन्त्रणमा छन् र उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ´प्रहरीलाई दिएको बयानका क्रममा उनले राजा बनेर शासन चलाउन श्रीपेच निकाल्न खोजेको
प्रहरीको सम्पर्कमा आएकी उनकी दिदीले भने उनको मानसिक स्वास्थ्यमा समस्या रहेको बताएकी छन्´ । वैदेशिक रोजगारीका लागि बहराइन पुगेका घर्ती एक वर्षअघि नेपाल फर्किएका थिए ।´ दुई वर्ष बहराइन बसाईका क्रममा उनीमाथि कुटपिट भएको थियो, यसले उनको मानसिक स्वास्थ्यमा असर परेकाले नियमित औषधि लिइरहेका छन् ।
मैपी बस्ने खेमबहादुरकी दिदीले प्रहरीलाई बताए अनुसार स्वदेश फर्किए यता खेमबहादुर कहिले रुकुम पश्चिममा रहेको आफ्नो घर त कहिले काठमाडौं बस्दै आएका छन्´ । ´हाल प्रहरी नियन्त्रणमा रहेका उनमा डर त्रासको भाव समेत नदेखिएको भन्दै डीएसपी पौडेलले मानसिक स्वास्थ्यमा समस्या भएका कारण श्रीपेच निकाल्न खोजेको हुनसक्ने बताए ´।
प्रकाशित मिति २०७८ असोज ९ गते शनिवार ०८:३३