संसद विघटनले प्रधानमन्त्रीको ‘हार र पतन’ तथा हाम्रो विजय सुरु भयो : प्रचण्ड

संसद विघटनले प्रधानमन्त्रीको ‘हार र पतन’ तथा हाम्रो विजय सुरु भयो : प्रचण्ड

छाँयापाटी

@छाँयापाटी

२०७७ पुस १२ गते आईतबार ०७:४१

काठमाडौं -:  विभाजित नेकपाका प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाको ७० प्रतिशत सदस्य आफूहरुसँग रहेकाले पार्टीमा ढुक्कको अवस्था रहेको बताएका छन् । शेर्पा राष्ट्रिय मुक्ति मोर्चाको प्रतिनिधिहरुसँगको भेटमा...

प्रचण्डको भनाइ सहि की गलत ?

काठमाडौं -:  विभाजित नेकपाका प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाको ७० प्रतिशत सदस्य आफूहरुसँग रहेकाले पार्टीमा ढुक्कको अवस्था रहेको बताएका छन् । शेर्पा राष्ट्रिय मुक्ति मोर्चाको प्रतिनिधिहरुसँगको भेटमा प्रचण्डले यस्तो बताएका हुन् ।

संसद विघटनको कदमले प्रधानमन्त्री केपी शर्मा ओलीको हार र पतन सुरु भएको प्रचण्डले बताए । उनले भने, संसद विघटनले प्रधानमन्त्री ओलीको हार र पतन सुरु भयो । तर, यसले हामीलाई विजयी बनाएको छ । हामीलाई जनतामाझ जाने नयाँ अवसर दिएको छ ।

प्रचण्डले नेकपामा प्रचण्डमाधव समूहलाई कुनै समस्या नभएको पनि बताए । उनले ७० प्रतिशत केन्द्रीय सदस्य आफूहरुसँग रहेकाले पार्टीमा आफूनै आधिकारिक भएको बताए । मोर्चाका प्रतिनिधिहरुले प्रचण्डमाधव पक्षलाई साथ रहने वचन दिएका छन् ।

प्रकाशित मिति २०७७ पुस १२ गते आईतबार ०७:४१
प्रतिक्रियाहरु