संसद चलिरहेको छैन, देशले गति लिएको छैन,निर्वाचन आवश्यक छ : ओली

संसद चलिरहेको छैन, देशले गति लिएको छैन,निर्वाचन आवश्यक छ : ओली

छाँयापाटी

@छाँयापाटी

२०७८ असोज १२ गते मङ्गलबार ०८:४६

१२ असोज, काठमाडौं -:  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा जानुपर्नेमा जोड दिएका छन् ।मंगलबार प्रमुख सञ्चारमाध्यमहरुसँगको छलफलमा प्रमुख विपक्षीका नेता ओलीले भने, ‘प्रतिनिधिसभा संसद चलिएको छैन । ताजा जनादेश आवश्यक...

१२ असोज, काठमाडौं -:  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा जानुपर्नेमा जोड दिएका छन् ।मंगलबार प्रमुख सञ्चारमाध्यमहरुसँगको छलफलमा प्रमुख विपक्षीका नेता ओलीले भने, ‘प्रतिनिधिसभा संसद चलिएको छैन । ताजा जनादेश आवश्यक छ । म अहिले पनि भन्छु, निर्वाचन आवश्यक छ ।’

सरकार गठन भएको साढे २ महिनासम्म मन्त्रिपरिषद् विस्तार गर्न नसकेको र देश अकर्मन्य अवस्थामा रहेको भन्दै ओलीले ताजा जनादेशमा जानुपर्ने बताए । ओलीले अघि भने, ‘देशको बहुमूल्य समय बर्बाद गरेर बस्नु हुँदैन । ताजा जनादेशमा गएर देशलाई गतिशील बनाउनुपर्छ ।’ओलीले भने, ‘उहाँहरुले नै गराए हुन्छ । गठबन्धन छँदैछ, मिलेर चुनाव लड्छौं भनेकै छन् ।

भारतले यसबारे छलफल गर्न दुई वर्षअघि तीन देशका ऊर्जा सचिवस्तरको बैठक बोलाउने जिम्मा लिए पनि अहिलेसम्म चासो दिएको छैन । उर्जा मन्त्रालयका सहसचिव भेटुवाल अबको ऊर्जा सचिवस्तरीय बैठमा यो एजेन्डा पनि उठाउने बताउँछन् ।

नेपालको बिजुली किन्ने निर्णय पनि नलिएको भारतले नेपालको बिजुलीलाई आफ्नो ऊर्जा बजारमा प्रवेश दिन ढिलाइ गरेपछि त्यसको मार र भार नेपाल विद्युत प्राधिकरणले भोग्नुपर्ने अवस्था छ ।

खेर जाने बिजुलीसँगै सम्भावित ठूलो आम्दानी गुम्ने अवस्था भएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोलीले भारत गएर ऊर्जा सम्बद्ध अधिकारीहरुसँग लामो व्यावसायिक सम्बन्धका आधारमा विद्युत व्यापारको ढोका खोलिदिन आग्रह गरेको थियो । तर, प्राधिकरणस्तरको पहलले नतिजा देखाएको छैन ।

प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज बजारमा बिजुली बिक्री गर्न अनुमति मागेको ६ महिनाभन्दा बढी भइसकेको छ । प्राधिकरणले पहिलो चरणमा ४५६ मेगावाटको माथिल्लो तामाकोशी र ४५ मेगावाटको भोटेकोशी आयोजनाको विद्युत वर्षायाममा भारतीय प्रतिस्पर्धी बजारमा बिक्री गर्ने प्रस्ताव गरेको छ ।

आफ्नो ‘डे–अहेड’ र ‘टर्म–अहेड’ मार्केटमा प्रवेश दिने गरी प्रक्रिया तय गरेर ‘कन्डक्ट अफ बिजनेस रुल’ (सीआरबी) जारी गरेको भारतले अनुमति दिन भने आनाकानी गर्दै आएको छ ।

नेपाल विद्युत प्राधिकरणलाई भारतले आफ्नो एक्सचेञ्ज बजारबाट बिजुली विद्युत खरिद र आयात गर्ने अनुमति गत वैशाख १ गते दिएको थियो । त्यसअनुसार प्राधिकरणले आवश्यक परेको बेला प्रतिस्पर्धी दरमा बिजुली किन्न थालिसक्दा सोही बजारमा लगेर नेपालको बिजुली बेच्न भने भारतले अनुमति दिएको छैन ।

प्राधिकरणले आफ्नो जोडलबलले बिहारमा थोरै मात्रामा भएपनि बिजुली निर्यात गरिरहेको छ । उत्पादनको हिसावले अब त्यती निर्यात नगण्य हुन पुगेको छ । प्राधिकरणका कार्यकारी निर्देशक घिसङले वर्षामा बिजुली लगेर हिउँदमा फर्काउने गरी छुट्टै सहमतिको प्रस्ताव बिहारसँग गरेका छन् । त्यसको पनि औपचारिक जवाफ आएको छैन ।

प्रकाशित मिति २०७८ असोज १२ गते मङ्गलबार ०८:४६
प्रतिक्रियाहरु