काठमाडौँ -: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले विचारले नचलेको पार्टी भएको बताएका छन् । सोमबार नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै दाहालले एमालेमा विचार नभएको बताएका हुन् ।
एमालेमा विचारमा...
काठमाडौँ -: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले विचारले नचलेको पार्टी भएको बताएका छन् । सोमबार नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै दाहालले एमालेमा विचार नभएको बताएका हुन् ।
एमालेमा विचारमा बहस नहुने गरेको पनि उनको आरोप छ । ‘एमालेमा विचार–सिचार भन्ने हुँदैन । त्यही सूर्य चिन्ह छ । मदन भण्डारी भन्ने छन् । जबज छ । अहिले मदन भण्डारीको ठाउँमा केपी ओली बनाउन खोजिएको छ,’ दाहालले भने ।
एमालेका दोस्रो तहका नेताहरूबाट आफूहरूले आश गरे पनि धोका पाएको दाहालको भनाइ थियो । उनले अगाडि भने, ‘सबैले आफ्नो पद प्रतिष्ठाका लागि काम गर्ने गर्याछन् । त्यही स्वार्थका लागि मिल्छन् ।नेकपा माओवादी केन्द्र पनि अरु पार्टीकै पथमा जान लागेकाले बेलैमा सच्चिनुपर्ने दाहालको भनाइ थियो ।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल[email protected]
फोन – ०२१-५४०२२७