काठमाडौं – निवर्तनमान उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन‘अनन्त’ले प्रधानमन्त्री केपी शर्मा ओलीले धम्कीको भरमा शासन चलाउन खोज्दा अहिलेको समस्या आएको बताएका छन् । जनसांस्कृतिक महासंघ नेपालले आयोजना गरेको कार्यक्रममा पुनले यस्तो बताएका हुन् ।
ओलीले विपक्ष र आफ्ना साथिहरु सबैलाई एकै खाले व्यवहार गरेको उनले बताए । ओलीले सम्पति शुद्धिकरण आयोग, राजस्व अनुसन्धान आयोग, राष्ट्रिय अनुसन्धान आयोग लगायतको कार्यालय आफू माताहत राखेर विपक्षी र आफ्नै साथिहरुलाई पनि धम्क्याउँदै आएको बताए ।
कार्यक्रममा सम्बोधन गर्दै उनले मानिस कस्तो भन्ने कुरा उसको संस्कार, संस्कृति तथा संगतले चिनिले बताए । ओली के चाहान्छ, र के गर्न मन पराउँछन्, भन्ने कुरा अहिलेको उसको व्यवहार र उसँगको साथिहरुले पनि प्रष्ट हुने उनले बताए ।
प्रकाशित मिति २०७७ पुस १३ गते सोमबार ०२:४७