काठमाडौँ -: तीन वर्षअघि वाइडबडी विमान खरिदमा लेखा समितिबाट सर्वाधिक आलोचना गर्नेमध्येका सांसद प्रेमबहादुर आले शुक्रबार शपथ लिई सकेपछि जब पर्यटन मन्त्रालयले छिरे उनको मन्त्रालयलप्रतिको असन्तुष्टि कायमै देखियो । मन्त्रालयमा कर्मचारीले आयोजना गरेको स्वागत कार्यक्रममा उनले हालकै यथास्थितीमा पर्यटन मन्त्रालय चलाउन नसकिने भनिदिए ।
९९ दिनदेखि ट्रेड युनियनको आन्दोलन जारी रहेको निगमप्रति नै उनको आलोचना धेरै रह्यो । उनले नियमित उडान नगराई जहाज घाममा सुतिरहेको र बेलैमा जहाज उडाउन नसकेकोमा असुन्तुष्टि पोखे ।
यो तालले पर्यटन मन्त्रालय चलाउन सकिँदैन । वाइडबडीको मात्रै २७/२८ अर्ब ऋण छ । तर, हाम्रा जहाज घाममा सुतिरहेका छन् । जहाज घाममा सुकाएर पैसा त आउँदैन, त्यसलाई युज गर्नु पर्यो । उडाउनु पर्यो,’ उनले भने ।
निगमका महाप्रबन्धक डिमप्रसाद पौडेल र नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक राजकुमार क्षत्री पनि सहभागी भएको कार्यक्रममा उनले दुवै जनालाई इंगित गर्दै भने, पहाडका जिल्लामा १०/१५ करोडका एयरपोर्ट बनेका छन् । तर हामीसँग जहाज छैन । टुइनटर, एटीआरको अभाव छ । त्यतातिर पनि हाम्रो ध्यान जानु पर्छ ।
अचेल यात्रुहरुले निगमलाई विश्वास नगर्नुको कारण सुनाउँदै उनले भने, जनताले आज नेपाल एयरलायन्सलाई किन विश्वास गरिराखेको छैन । निजीलाई टाइममा उड्छ भनेर विश्वास गर्ने हाम्रो जहाजलाई वास्तै नगर्ने ।
अब त्यो हुनु भएन ।उनले कर्मचारीलाई आफूबाट कुनै पनि प्रकारको हस्तक्षेप नहुने भन्दै आफ्ना अगाडि मीठा कुरा गरेर मन्त्रीलाई रिझाउने प्रयास नगर्न भने ।एउटा कुरा अनुरोध गरिहालौं । मसँगै हाँसेकै भरमा राम्रो ठानेको नठान्नुहोला । जसले राम्रो काम गरेर राम्रो नतिजा दिन्छ । त्यसमा आभारी हुनेछु ।
१५ दिनदेखि भाइरलले थला परेकाले स्वास्थ्य अवस्था ठीक नभएको बताउँदै उनले लगाएका मास्क नखोली लेखेर ल्याएको भाषण पढे मन्त्रालय मातहतका विभाग, समिति, संस्थान, संग्राहलय लगायतका निकायका करिब ६० हाराहारी मुख्य पदाधिकारीमाझ उनले प्रधानमन्त्रीसँगै हालै भएको एउटा संवाद पनि सुनाए । त्यो सुदूरपश्चिममा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने विषय थियो ।
उनले आफू निर्वाचित डोटी र प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरा जोडिएको प्रसंग निकाल्दै आफ्ना लागि काम गर्न अनुकूल समय रहेको बताउँदै भने, ‘अहिले सजिलो र सरल समय छ । डोटी र डडेलधुरा जोडिएको जिल्ला हुन् । प्रधानमन्त्री भइसकेपछि मैले उहाँ(देउवा) लाई भने, ‘सुदूरपश्चिममा एउटा अन्तर्राष्ट्रिय एयरपोर्ट बनाउन त सम्माननीय ज्यू ?मन्त्री आलेको प्रस्तावमा देउवाले ‘ल हुन्छ बनाउन त ।भनेकाले त्यसका लागि कसरी गर्ने योजना बनाउन उनले निर्देशन दिए ।
१५ दिनदेखि भाइरलले थला परेकाले स्वास्थ्य अवस्था ठीक नभएको बताउँदै उनले लगाएका मास्क नखोली लेखेर ल्याएको भाषण पढे ।मन्त्रालय मातहतका विभाग, समिति, संस्थान, संग्राहलय लगायतका निकायका करिब ६० हाराहारी मुख्य पदाधिकारीमाझ उनले प्रधानमन्त्रीसँगै हालै भएको एउटा संवाद पनि सुनाए । त्यो सुदूरपश्चिममा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने विषय थियो ।
उनले आफू निर्वाचित डोटी र प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरा जोडिएको प्रसंग निकाल्दै आफ्ना लागि काम गर्न अनुकूल समय रहेको बताउँदै भने, ‘अहिले सजिलो र सरल समय छ । डोटी र डडेलधुरा जोडिएको जिल्ला हुन् । प्रधानमन्त्री भइसकेपछि मैले उहाँ(देउवा) लाई भने, ‘सुदूरपश्चिममा एउटा अन्तर्राष्ट्रिय एयरपोर्ट बनाउन त सम्माननीय ज्यू ?’ मन्त्री आलेको प्रस्तावमा देउवाले ‘ल हुन्छ बनाउन त ।’ भनेकाले त्यसका लागि कसरी गर्ने योजना बनाउन उनले निर्देशन दिए ।
प्रकाशित मिति २०७८ असोज २३ गते शनिवार ०३:३१