श्रीमती मन्त्री, श्रीमान् उपसचिव

श्रीमती मन्त्री, श्रीमान् उपसचिव

छाँयापाटी

@छाँयापाटी

२०७८ असोज २३ गते शनिवार ०५:३२

काठमाडौं -:देउवा सरकारमा रामकुमारी झाँक्री नेकपा एकीकृत समाजवादीको तर्फबाट मन्त्री छिन् ।' उनले अहिले सहरी विकास मन्त्रालय हाँक्ने जिम्मेवारी पाएकी छन्' । वि.स. २०३४ सालमा गुल्मीको मयाल पोखरी गाविसमा जन्मिएकी झाँक्रीको राजनीतिक...

काठमाडौं -:देउवा सरकारमा रामकुमारी झाँक्री नेकपा एकीकृत समाजवादीको तर्फबाट मन्त्री छिन् ।’ उनले अहिले सहरी विकास मन्त्रालय हाँक्ने जिम्मेवारी पाएकी छन्’ ।

वि.स. २०३४ सालमा गुल्मीको मयाल पोखरी गाविसमा जन्मिएकी झाँक्रीको राजनीतिक यात्राहरु उकाली ओराली छन् ।’ ०६५ सालमा पोखरा महाधिवेसनबाट तत्कालीन नेकपा (एमाले) को विद्यार्थी सङ्गठन अनेरास्ववियुको अध्यक्षमा चुनिएकी उनी कक्षा ७ मा ‘अध्ययनरत रहँदै विद्यार्थी राजनीतिमा होमिएकी थिइन्’ ।

कलिलै उमेरमा विद्यार्थी राजनीतिमा प्रवेश गरेकी उनी ०६५ सालमा अनेरास्ववियुको अध्यक्ष भएर राजनीतिक यात्रालाई चुलीमा पुर्याइन् ‘।अनेरास्ववियुको अध्यक्षको जिम्मेवारी सम्हाल्नुअघि उनी ‘राजतन्त्रविरुद्ध सडकमा उत्रिइन् ‘। २०६१ सालमा राजाले सैनिक परिचालन गरेर ‘कु’ सत्ता हातमा लिँदा झाँक्री राजतन्त्रविरुद्ध ज्यान दिन सडकमा उत्रेर विरोध गरिन्’ ।

राजतन्त्रको विरोधमा उत्रिएकी उनले प्रहरीको लाठी खाइन् । जेल भोगिन् । ‘निरन्तर जनताको पक्षमा उभिरहिन् । ०७४ को निर्वाचनमा तत्कालीन एमालेबाट उनी समानुपातिक तर्फबाट प्रतिनिधि सांसद् बनिन् ।

मानविकीमा स्नातकोत्तर र कानूनमा स्नातक तहसम्मको अध्ययन पूरा गरेकी झाँक्री पूर्वमाओवादी र पूर्वएमाले एक भई बनेको तत्कालीन नेकपाको केन्द्रीय सदस्य पनि थिइन् ।

पार्टी एक भएर एकताका काम अघि बढ्दै थियो ‘। ‘प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदमा केपी शर्मा ओली थिए । पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि अध्यक्षकै वरियतामा थिए । पार्टीमा एकले सरकार र अर्काेले पार्टी चलाउने विवाद हुँदा अन्ततः एकीकरण टुट्ने स्थितिमा पुग्यो ।

र, २०७७ साल पुस ५ र जेठ ७ मा ओलीले दुई पटक संसद विघटन गरे । उक्त कदम असंवैधानिक भन्दै माधव प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल समूह सडकमा उभियो । त्यहीँ सडकमा थिइन्– झाँक्री पनि ।

संसद विघटनले अन्ततः एमाले टुक्रेर दुई भागमा विभाजित भयो । ‘नेपाल समूहकी रामकुमारी झाँक्रीसहितका दर्जनौँ नेताहरु एमाले छाडेर नयाँ पार्टी नेकपा एकीकृत समाजवादीमा आए ।’ समाजवादी गठन भएपछि एमाले विचारधारा त्याँगेर पूर्ण रुपमा समाजवादी बन्ने घोषणा गरेका रामकुमारी झाँक्रीसहितका नेताहरु मन्त्री बनेका छन् ‘।

छोटकरीमा झाँक्रीको राजनीतिक जीवन यहीँ हो । तर, राजनीतिक जीवनमा होमिएका झाँक्रीलाई अघि बढ्न उनका श्रीमान् पशुपति पुरीको उत्तिकै साथ छ । उनलाई प्रहरीले पक्राउ गर्दा श्रीमान पुरीकै रोहबरमा रिहा गरिएको थियो’ ।

पुरी अहिले नेपाल सरकारको उपसचिव पदमा कार्यरत छन् ।’ क्याफेमा भेट भएर चिनजान भएका झाँक्री र पुरीको सम्बन्ध विवाहमा परिणत भयो । झाँक्री मगर समुदायका हुन् भने पुरी आर्य समाजका ।’ तैपनि विचार र सिद्धान्त मिलेपछि पशुपति र रामकुमारीको चिनापर्ची भएको ५ वर्षपछि अर्थात् २०६६ माघ २९ गते विवाह भयो ।पुरी अहिले भौतिक पूर्वाधार मन्त्रालयको उपसचिवको रुपमा कार्यरत छन् ‘। उनी धनकुटावासी हुन् भने झाँक्री गुल्मीकि हुन्’ ।

प्रकाशित मिति २०७८ असोज २३ गते शनिवार ०५:३२
प्रतिक्रियाहरु