काठमाडौं -: नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको राजीनामा घोषणामा युवा तथा खेलकुद मन्त्री महेश्वर जङ्ग गहतराजले चासो देखाएका छन् ।
हिजो बङ्गलादेशसँगको खेलमा १/१ को बराबरी खेल्दै नेपाल साफ च्याम्पियनसिप...
काठमाडौं -: नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको राजीनामा घोषणामा युवा तथा खेलकुद मन्त्री महेश्वर जङ्ग गहतराजले चासो देखाएका छन् ।
हिजो बङ्गलादेशसँगको खेलमा १/१ को बराबरी खेल्दै नेपाल साफ च्याम्पियनसिप फुटबलमा पहिलो पटक फाइनल प्रवेश गरेपछिको पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक अल्मुताइरीले साफ फुटबल खेलपछि आफू नेपाली टिमको प्रशिक्षकको भूमिकामा नरहने घोषणा गरेका थिए ।
आफूले पनि सञ्चारमाध्यममा अल्मुताइरीको राजीनामाको बारेमा सुनेको उल्लेख गर्दै मन्त्री गहतराजले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पदाधिकारीसँगको छलफल र प्रशिक्षक अल्मुताइरीको धारणा सुनेर आवश्यक निणर्य लिइने जानकारी दिए ।
मुख्य प्रशिक्षक अल्मुताइरीसँग हिजो मात्रै बधाई साटासाट गरिएको जानकारी दिँदै उनले नेपाली फुटबलले सफलता हात पार्दै आएको बेलामा राजीनामाको घोषणा गरिनु दु:खद भएको टिप्पणी गरे ।’अल्मुताइरीले नेपाली केही सञ्चारमाध्यमले आफ्नो स्वार्थका लागि विवादमा तानेको भन्दै आक्रोश व्यक्त गर्दै आएका छन् ।
‘म तीन दिनदेखि खाना खाएको छैन, निदाएको छैन । केही मिडिया मेरो नाउमा डलर कमाउने अभियानमा छन् । म धेरै थाकेको छु,’ अल्मुताइरीले पत्रकार सम्मेलनमा भनेका छन् ।’एन्फा पदाधिकारीसँगको विवादका कारण यसअघि पनि उनले राजीनामा घोषणा गरेका थिए ।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल[email protected]
फोन – ०२१-५४०२२७