काठमाडौं -: राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरीले साफ च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली फुटबल टोलीको खुलेर स्वागत र सम्मान गर्न आग्रह गरेका छन् ।
नेपाली टोलीलाई सम्मान र प्रोत्साहनको आवश्यकता रहेको...
काठमाडौं -: राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरीले साफ च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली फुटबल टोलीको खुलेर स्वागत र सम्मान गर्न आग्रह गरेका छन् ।
नेपाली टोलीलाई सम्मान र प्रोत्साहनको आवश्यकता रहेको भन्दै प्रशिक्षक अलमुताइरीले सकेसम्म अन्तर्राष्ट्रिय विमानस्थलमा नै गएर सम्मान गरिदिन हुन पनि आग्रह गरेका छन् ।
नेपाली खेलाडीहरुको यही प्रदर्शन निरन्तर राख्न पनि उनीहरुलाई सम्मान र प्रोत्साहन आवश्यक रहेको अलमुताइरीको ठहर छ । साफपछि नेपाल नफर्कने घोषणा गरेर सबै फुटबलप्रेमीलाई हतास बनाएका मुख्य प्रशिक्षक अलमुताइरीले नेपाल अब आफ्नो मुटुमा रहेको भन्दै केही समयको आरामपछि नेपालबारे निर्णय गर्ने बताएका छन् ।
भारतसंग फाइनल खेल ३–० ले गुमाएको नेपाली फुटबल टोली भोलि सोमबार विहान ९ बजे काठमाडौं उत्रदैछ । यसका लागि नेपाली टोलीले आज माल्द्धिभ्स छोडिसकेको छ । कतारको दोहा हुँदै घर फर्कन लागेको नेपाली टोलीलाई कतारमा छाडेर मुख्य प्रशिक्षक अलमुताइरी भने उतैबाट आफ्नो देश कुवेत लाग्नेछन्
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल[email protected]
फोन – ०२१-५४०२२७