धनगढी -: बझाङको थलारा गाउँपालिका-४ डिख्ला भन्ने स्थानमा २४ घण्टापछि नेपाली सेनाको उद्धार टोली पुगेको छ। मंगलबार दिउँसै घटना थाहा भएपनि मौसम खराबीका कारण उद्धार टोली जान सकेको थिएन।
सुदूरपश्चिम प्रदेश प्रहरीका प्रवक्ता प्रहरी...
धनगढी –: बझाङको थलारा गाउँपालिका-४ डिख्ला भन्ने स्थानमा २४ घण्टापछि नेपाली सेनाको उद्धार टोली पुगेको छ। मंगलबार दिउँसै घटना थाहा भएपनि मौसम खराबीका कारण उद्धार टोली जान सकेको थिएन।
सुदूरपश्चिम प्रदेश प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विक्रमबहादुर चन्दले नेपाली सेनाको हेलिकप्टर सुरक्षाकर्मी राहत र उद्धार सामाग्रीसहित डिक्ला पुगेको बताए। ‘यताबाट केही राहत सामाग्री, उद्धार सामाग्री बिहानै पठाइएको छ, बझाङ सदरमुकामबाट सुरक्षाकर्मी सहितको टोली डिख्ला गएको छ’ एसएसपी चन्दले भने।
थलारा गाँउपालिका ४ डिख्लामा सोमबारराति पहिरो जाँदा २३ जना बेपत्ता भएका थिए। बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीका घरका पाँच जना छन्। गगने सार्की रोजगारीका लागि भारतमा छन्। उनका माइला छोरा काले सार्की मात्र सकुसल छन्।
तल्लो डिख्ला र माथिल्लो डिख्ला गाउँका स्थानीय विस्थापित भई त्रिभुवन मा.वि महेन्द्रधारमा बसेका छन्।नेपाल टेलीकमको फोन अवरुद्ध भएपछि, एनसेलको फोनले मात्रै काम गरिरहेको छ। तीन दिनदेखि पहाडि जिल्लाहरुमा बिजुली पनि नभएकाले मोबाइल पनि बन्द भएका कारण उद्धार, सूचनामा पनि समस्या भएको छ।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल-aaryavaaravi@gmail.com
फोन – ०२१-५४०२२७