खुसीको खबर ! प्रशिक्षकका रुपमा नेपाल फर्कन अलमुताइरी तयार

खुसीको खबर ! प्रशिक्षकका रुपमा नेपाल फर्कन अलमुताइरी तयार

छाँयापाटी

@छाँयापाटी

२०७८ कार्तिक ३ गते बुधबार ०५:०४

काठमाडौं -: नेपाली राष्ट्रिय फुटबल टिमलाई साफ च्याम्पियनसिपको फाइनल चरणमा पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका प्रशिक्षक अब्दुल्लाह अलमुताइरी प्रशिक्षकको रुपमा नेपाल फर्कन सकारात्मक देखिएका छन्। बुधबार अखिल नेपाल फुटबल...

काठमाडौं -: नेपाली राष्ट्रिय फुटबल टिमलाई साफ च्याम्पियनसिपको फाइनल चरणमा पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका प्रशिक्षक अब्दुल्लाह अलमुताइरी प्रशिक्षकको रुपमा नेपाल फर्कन सकारात्मक देखिएका छन्।

बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पासँगको छलफलपश्चात् उनी प्रशिक्षकका रुपमा नेपाल फर्कन सकारात्मक भएका हुन्।

अध्यक्ष शेर्पा र अलमुताइरीबीच बुधबार कतारमा गहन छलफल भएको थियो। दुई बीचमा भएको सकारात्मक छलफलपछि अध्यक्ष शेर्पाले सामाजिक सञ्जालमा अलमुताइरी र आफ्नो तस्बिर समेत सार्वजनिक गरेका छन्।

२८ वर्षको साफको इतिहासमा पहिलो पटक फाइनल खेलमा पुगेको नेपाली टिमलाई लिड गर्न चुकेका प्रशिक्षक अल्मुताइरीले नेपाली टिमलाई अन्तिम चरणसम्म पुर्याउन निकै संघर्ष गरे । तैपनि साफले प्रतिबन्ध लगाएका कारण उनले नेपाली टिमलाई फाइनल भने खेलाउन पाएनन्। साफमा उपविजेता बनेको नेपालले भारतसँग ३-० ले पराजित हुनुपर्यो ।

फाइनल खेलपछि अलमुताइरी माल्दिभ्सबाटै आफ्नो देश कुवेतका लागि प्रस्थान गरेको भनिएको थियो । तर, अध्यक्ष शेर्पा र अलमुताइरीको भेटले त्यो झूठो सावित भएको छ । साथै, अलमुताइरी फेरि पनि प्रशिक्षकको रुपमा नेपाल फर्कन सकारात्मक देखिएको अध्यक्ष शेर्पाले बताए।

 

प्रकाशित मिति २०७८ कार्तिक ३ गते बुधबार ०५:०४
प्रतिक्रियाहरु