सिनामंगलबाट एक दर्जन अफगानीहरु नियन्त्रणमा,युएनएचसीआरले गोप्य रुपमा राखेको खुलासा

सिनामंगलबाट एक दर्जन अफगानीहरु नियन्त्रणमा,युएनएचसीआरले गोप्य रुपमा राखेको खुलासा

छाँयापाटी

@छाँयापाटी

२०७८ कार्तिक ८ गते सोमबार १२:१७

काठमाडौं -:  राजधानीको सिनामंगलबाट प्रहरीले ११ जना' अफगान नागरिकलाई नियन्त्रणमा लिएको छ ।' केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीको टोलीले आज सिनामंगलको एक घरमा छापा मारेर ११ जनालाई नियन्त्रणमा लिएको हो' । सुनौली नाका हुँदै केही दिनअघि...

काठमाडौं -:  राजधानीको सिनामंगलबाट प्रहरीले ११ जना’ अफगान नागरिकलाई नियन्त्रणमा लिएको छ ।’ केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीको टोलीले आज सिनामंगलको एक घरमा छापा मारेर ११ जनालाई नियन्त्रणमा लिएको हो’ ।

सुनौली नाका हुँदै केही दिनअघि नेपाल छिरेका उनीहरुलाई राष्ट्रसंघीय शरणार्थी उच्चायोगले सिनामंगलस्थित एउटा घरमा राखेको बुझिएको छ । उनीहरुलाई अध्यागमन कार्यालयमा बुझाउने तयारी सीआइबीले गरेको छ’ ।

युएनएचसीआरले नेपाल सरकारलाई थाहा नदिई अफगानीहरुलाई अस्थायी आश्रय दिएर राखेको बुझिएको छ’ । अफगानिस्तानमा तालिवान शासन सुरु भएपछि भागेर भारत प्रवेश गरेका उनीहरुसँग भारतीय नक्कली आधार कार्ड फेला परेको पनि प्रहरीले जनाएको छ ‘।

भारतीय नाकाहरुबाट अफगानीहरु ‘नेपाल छिराउने क्रम बढेको सूचना पाएपछि गृह मन्त्रालयले नाकामा कडाई थालेकै बेला राजधानीमै अफगानीहरु फेला परेका हुन्’ । पूर्वी नेपालका नाकाहरुमा पनि चेक जाँचमा कडाई गरिएको छ ‘।

 

प्रकाशित मिति २०७८ कार्तिक ८ गते सोमबार १२:१७
प्रतिक्रियाहरु