न्यायालय मा बसेर राजनीति गर्ने सबै न्यायाधीशले राजीनामा दिर्नुपर्छ : गोकुल बास्कोटा

न्यायालय मा बसेर राजनीति गर्ने सबै न्यायाधीशले राजीनामा दिर्नुपर्छ : गोकुल बास्कोटा

छाँयापाटी

@छाँयापाटी

२०७८ कार्तिक ९ गते मङ्गलबार ०३:१९

काभ्रे, कात्तिक ९ -: नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रतिगामी आदेश जारी गर्ने सबै न्यायाधीशले राजीनामा दिनुपर्ने बताउनुभएको छ । नेकपा एमालेको धुलिखेल नगर अधिवेशन 'उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै बास्कोटाले प्रतिगामी...

काभ्रे, कात्तिक ९ -: नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रतिगामी आदेश जारी गर्ने सबै न्यायाधीशले राजीनामा दिनुपर्ने बताउनुभएको छ ।

नेकपा एमालेको धुलिखेल नगर अधिवेशन ‘उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै बास्कोटाले प्रतिगामी आदेश जारी गरेर देशलाई अस्थिरताको भुमरीमा फसाउने न्यायाधीश सबैले राजीनामा दिनुपर्ने बताउनुभएको हो’ ।

उनीहरुले देश बिगार्ने हर्कत गरेको बास्कोटाको आरोप छ ।’ यस्तै बास्कोटाले नेकपा एमाले समृद्धिको च्याम्पियन भएको समेत बताउनुभयो ।पार्टी विभाजनले एमालेलाई कुनै असर नगरेको उहाँको भनाई थियो । यस्तै एमाले काभ्रेका अध्यक्ष अशोक ब्याञ्जुले माधव नेपालले पदका लागि पार्टी विभाजन गरेर देश र जनतालाई धोका दिएको बताउनुभएको छ’ ।

न्यायिक स्वच्छताको माग गर्दै सर्वोच्च अदालत अगाडि कानुनका विद्यार्थीहरूले प्रदर्शन गरेका छन् ‘। हातमा प्लाकार्ड बोकेका विद्यार्थीहरूले न्यायाधीशहरूले इजलास बहिस्कार गरेको विरोध गरेका छन् ‘।

न्यायाधीश र प्रधानन्यायाधीशबीचको झगडाको प्रत्यक्ष असर सेवाग्राहीलाई परेको छ ‘। सोमबार र मंगलबार प्रधानन्यायाधीशले तोकेको पेशी न्यायाधीशहरूले बहिस्कार गरेका छन्’ ।

साथै उनीहरूले मिडियाबाट अदालतका चलाउने हो भन्दै सर्वोच्चको नेतृत्वमाथि प्रश्न गरेका छन् ।’मिडिया ट्रायलकै फैसललार्ई अदालतले मान्यता दिएको भन्दै उनीहरूले अदालतबाट स्थापित सिद्धान्तहरू र आफूहरूजस्तो विद्यार्थीको भविष्य के हो भन्ने प्रश्न तेर्स्याएका छन् । मिडिया ट्रायल बन्द गर्न पनि उनीहरूको माग छ’ ।

त्यसैगरी अदालतमा कानुन, प्रमाण र न्याय भन्दा पनि व्यक्तिगत स्वार्थ हावी भएको भन्दै उनीहरूदले अदालतको नेतृत्वप्रति आक्रोश पोखेका छन् ‘।विद्यार्थीहरूले प्रदर्शन गरेको प्लाकार्डमा आफूहरू स्वतन्त्र तथा निष्पक्ष न्यायपालिका र सर्वसाधारणको हक अधिकारको पक्षमा भएको उल्लेख गरिएको छ’ ।

प्रकाशित मिति २०७८ कार्तिक ९ गते मङ्गलबार ०३:१९
प्रतिक्रियाहरु