पार्टीको आधिकारिक एजेण्डा– संघीयता खारेजी र धर्म निरपेक्षतामा जनमत संग्रह

पार्टीको आधिकारिक एजेण्डा– संघीयता खारेजी र धर्म निरपेक्षतामा जनमत संग्रह

छाँयापाटी

@छाँयापाटी

२०७८ कार्तिक ११ गते बिहिबार ०४:३६

काठमाडौं -:  विवेकशील साझा पार्टीले सङ्घीयता खारेजी तथा धर्म निरपेक्षतामाथि जनमत सङ्ग्रहको माग राख्दै तयार पारेको दस्ताबेजलाई पारित गरेको छ '। बिहीबार बसेको 'केन्द्रीय समिति बैठकले स्थानीय तहलाई पुनर्संरचना र सुदृढ गर्दै सङ्घीयता...

विवेकशील साझाद्वारा अध्यक्ष मिश्रकाे दस्तावेज पारित, पाण्डेकाे कार्यकारी अधिकार खाेसियाे

काठमाडौं -:  विवेकशील साझा पार्टीले सङ्घीयता खारेजी तथा धर्म निरपेक्षतामाथि जनमत सङ्ग्रहको माग राख्दै तयार पारेको दस्ताबेजलाई पारित गरेको छ ‘।

बिहीबार बसेको ‘केन्द्रीय समिति बैठकले स्थानीय तहलाई पुनर्संरचना र सुदृढ गर्दै सङ्घीयता खारेजी तथा धर्म निरपेक्षतामाथि जनमत सङ्ग्रहको माग राख्दै तयार पारिएको उक्त दस्ताबेजलाई बहुमतले पारित गरेको हो ‘।

बैठकमा केन्द्रीय समितिका १ सय २४ सदस्यमध्ये ९१ सदस्य उपस्थित थिए ‘। उपस्थित सदस्यहरूको सर्वसम्मतिबाट दस्ताबेज अनुमोदन भएको प्रवक्ता शरदराज पाठकले जानकारी दिनुभयो’ ।

अध्यक्ष रवीन्द्र मिश्रले अहिलेको राज्य संरचनालाई परिवर्तन गर्ने भन्दै ‘मार्ग परिवर्तनः विचारभन्दा माथि देश’ सार्वजनिक गर्नुभएको थियो ‘। अब पार्टीले उनकै सिद्धान्तलाई अङ्गीकार गर्ने निर्णय गरेको छ’ ।

त्यसैगरी बैठकले पार्टी अध्यक्ष र’ संयोजकमा बराबरी कार्यकारी अधिकार रहँदा पार्टी सञ्चालन गर्न कठिनाइ उत्पन्न भएको निष्कर्ष निकाल्दै पार्टी अध्यक्षलाई प्रमुख कार्यकारी भूमिका प्रदान गर्ने गरी विधान पनि संशोधन गरेको छ’ ।

बैठकले पार्टीलाई अब तुरुन्तै बृहत्तर ध्रुवीकरण र एकतामा लिएर जाने र राष्ट्रिय राजनीतिमा हस्तक्षेपकारी शक्ति निर्माण गर्न आक्रामक रूपमा अघि बढ्ने निर्णय पनि गरेको प्रवक्ता पाठकले बताउनुभयो’ ।

बैठकमा संयोजक मिलन पाण्डे समूहको उपस्थिति थिएन’ । अध्यक्षले विचार परिवर्तन गरेको भन्दै पाण्डेको समूह अध्यक्षसँग असन्तुष्ट भने अन्य दलमा प्रवेशको तयारीमा रहेको चर्चा छ ‘।

प्रकाशित मिति २०७८ कार्तिक ११ गते बिहिबार ०४:३६
प्रतिक्रियाहरु