काठमाण्डौँ -: सरकारले सभामुख अग्नी सापकोटाका छोरा रुपक सापकोटालाई चिनका लागी नेपाली राजदुत बनाउँने तयारी गरेको छ । तत्कालिन प्रधानमन्त्री केपी ओलीले राजदुत बनाएका सबैलाई सरकारले एकमुष्ठ फिर्ता बोलाए पछि अहिले धमाधम सरकारले राजदुत नियुक्ती गर्न लागेको छ । चिनका लागी नेपाली राजदुत सापकोटालाई बनाइने करिब पक्का जस्तै भएको छ ।
भारत, अमेरिका र बेलायतका लागी सरकारले राजदुत सिफारिस गरिसकेको छ , चिनका लागी नेपाली राजदुत माओवादी केन्द्रको कोटामा परेको र अग्नीका छोरा रुपक राजदुत बन्न लागको बताइन्छ । सरकारले पछिल्लो समय अमेरिका, चीन र भारतका राजदूतलाई मन्त्रीस्तरीय सुबिधा दिने गरेको थियो
अब प्रधानमन्त्री शेरवहादुर देउवा बेलायतबाट फर्किएपछि चीन लगायत अन्य देशका राजदूत नियुक्त हुने बताइएको छ । चीनको लागि नेपाली राजदूतमा सभामुख अग्नि सापकोटाका छोरा रुपक सापकोटालाई पठाउनेबारे छलफल भइरहेको माओवादी स्रोतले जनाएको छ ।
चीनमै भूराजनीतिको विषयमा अध्ययन गरेका सापकोटाले यसै साता कात्तिक ७ गते परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उप कार्यकारी निर्देशकबाट राजीनामा गरेका छन् । राजदूतको लागि लबिङ भइरहेका बेला सापकोटाले आकर्षक पदबाट राजीनामा दिनुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
सापकोटा युवा कुटनीतिज्ञ हुन् । सरकारले सिफारिस गरेमा दावाफुटी शेर्पापछि उनी सम्भवतः सबैभन्दा युवा राजदूत हुनेछन् । सापकोटाले चीनको रेनमिन विश्वविद्यालदययबाट अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधी गरेका छन् ।
प्रकाशित मिति २०७८ कार्तिक १३ गते शनिवार ११:२३