काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दुई तिहाइको मात लागेका केपी ओलीलाई घुँडा टेकाइदिएको दाबी गरेका छन्।
शनिबार विराटनगरमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आगामी चुनावमा नेकपा एमालेलाई टर्च बालेर खोज्नुपर्ने अवस्था आउने धारणा राखेका हुन्।
उनले भने, दुइ तिहाईको मात लागेका केपी ओलीलाई घुँडा टेकाइदिऔं। केपी ओलीको पार्टी भुँईमा पछारिएको छ। हाम्रो पार्टी सबै प्रदेशमा अगाडि छ। केपीको पार्टीलाई भोलीको चुनावमा टर्च बालेर खोज्नुपर्ने हुन्छ।
उनले केपी ओलीमा दक्षिणपन्थी अवसरवाद र व्यक्तिवाद हाबी भएको बताए। नेपालले आफूसँग वामपन्थी र अग्रगमनकारीको शक्ति भएको दाबी गरे। उनले भने ‘केपी ओलीसँग दक्षिणपन्थी शक्ति, विदेशीसँग चाकरी गर्ने शक्ति छ। हामीसँग वामपन्थी शक्ति छ हामीसँग अग्रगमनकारीको शक्ति छ।
उनले एमालेसँग विद्रोह गरेको स्पष्ट पारे।लोकतन्त्रको मुल्य र मान्यतालाई आत्मसाथ गर्छौ। निरकुंशता अपनाउँदैनौ। अहिले पनि समानता चाहिएको छ। विभेदको समाप्त गर्नुपर्ने छ।
पवित्र भावनाका साथ यो पार्टी जन्मिएको हो। हामीले एमालेसँग विद्रोह गरेका हौं।नेपालले भने,अग्रगतिको अभियान चलाउने पार्टी हो। यो व्यक्तिको इच्छा र आकांक्षामा चल्ने पार्टी होइन विचार प्रधान पार्टी हो।
प्रकाशित मिति २०७८ कार्तिक १३ गते शनिवार ०४:५२