एमसीसीले माग्यो कर्मचारी,२० अमेरिकी सेना नेपालमा

एमसीसीले  माग्यो  कर्मचारी,२० अमेरिकी सेना नेपालमा

छाँयापाटी

@छाँयापाटी

२०७८ कार्तिक १४ गते आईतबार ०५:१७

काठमाडौं : सोमबारबाट सुरु हुने सैन्य अभ्यासमा भाग लिन २० जना अमेरिकी सेना नेपाल आएका छन्। नेपाली र अमेरिकी सेनाबीच भोलिदेखि ‘टीक नेल’ नामक सैन्य अभ्यास सुरु हुँदैछ। ‘टीक नेल’ अभ्यास विपद् व्यवस्थापनमा केन्द्रीत हुनेछ । नेपाली...

काठमाडौं : सोमबारबाट सुरु हुने सैन्य अभ्यासमा भाग लिन २० जना अमेरिकी सेना नेपाल आएका छन्। नेपाली र अमेरिकी सेनाबीच भोलिदेखि ‘टीक नेल’ नामक सैन्य अभ्यास सुरु हुँदैछ। ‘टीक नेल’ अभ्यास विपद् व्यवस्थापनमा केन्द्रीत हुनेछ । नेपाली र अमेरिकी सेनाबीचको सैन्य अभ्यास काठमाडौं र पोखरामा हुनेछ ‘। मुलुतः पानी र हिमालमा फसेकाहरुलाई कसरी उद्दार गरिन्छ भन्ने बारेमा अभ्यास केन्द्रीत रहने छ’ ।

अमेरिकी सेनाहरु पानी र हिमाली क्षेत्रमा उद्दारका लागि निपूर्ण मानिन्छन् । ‘अभ्यासका क्रममा अमेरिकी सेनाले हिमाली क्षेत्रमा फसेकाहरुलाई गरिने उद्दारका बारेमा नेपाली सेनालाई तालिम दिनेछन्’ ।

अभ्यास भण्डैं एक महिनासम्म चल्ने छ।‘टीक नेल’ सैन्य अभ्यासको यो २२ औं संस्करण हो । ‘यसअघिका २१ वटा संस्करण नेपालमा भएका थिए । अभ्यासमा नेपाली सेनाका ५० र अमेरिकी सेनाका विशेष २० जना फौज सहभागी हुनेछन् ।’ विपद् व्यवस्थापनको तालिमका लागि अमेरिकी सेनाले नेपाली सेनालाई उपलब्धिमुलक सहयोग गर्दै आएको छ’।

अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) विरुद्ध चौतर्फी विरोध भइरहेको बेला नेपालस्थित मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) ले तीन जना कर्मचारीको माग गरेको छ’ ।

बिहीबार एमसीएको नेपाल विकास बोर्डले सूचना जारी गर्दै सडक मर्मत तथा प्राविधिक सहयोगका लागि आयोजना व्यवस्थापक, योजना व्यवस्थापकर सञ्चार विज्ञ गरि तीन पदमा कर्मचारी माग गरेको हो ‘।

माग गरिएका कर्मचारीको योग्यता स्नातक तह उत्तीर्ण भई एमसीएले तोकेबमोजिम सम्बन्धित कार्यका लागि अनुभव पनि चाहिने सूचनामा उल्लेख छ’ ।

योजना व्यवस्थापक पदका लागि स्नातक उत्तीर्ण भई अकाउन्टिङ, बैंकिङलगायत क्षेत्रमा ७ वर्ष अनुभव लिएको हुनुपर्ने भनिएको छ । ‘योजना व्यवस्थापकका लागि सिभिल इन्जिनियरिङ, इन्जिनियरिङलगायत गरि सम्बन्धित क्षेत्रमा १० वर्ष ‘अनुभव हासिल गरेको हुनुपर्ने छ भने सञ्चार विज्ञको पदका लागि मास कम्युनिकेसन, डिजिटल कम्युनिकेसन्स वा सो सरहको क्षेत्रमा स्नातक हासिल गरेको हुनुपर्ने सूचनामा उल्लेख छ ‘।

साथै, सञ्चार विज्ञ पदका लागि डिजिटल मिडिया र ब्रान्ड प्रबन्धलगायत क्षेत्रमा पाँच वर्षको अनुभव पनि आवश्यकता रहेको सूचनामा उल्लेख छ ।’एमसीएले जुनसुुकै जाति, वर्ग, धर्म, समुदायका उम्मेदवारले आवेदन दिन सक्ने भनेको छ ‘। तर, एमसीसी नेपालमा लागू नभइ कर्मचारी मागेकाे छ ‘।

 

प्रकाशित मिति २०७८ कार्तिक १४ गते आईतबार ०५:१७
प्रतिक्रियाहरु