ओलीको बोली : ‘प्रचण्ड बाँचे १७ हजार मरे, बाबुराम बाँचे छोराछोरी बेलायत पढाए’

ओलीको बोली : ‘प्रचण्ड बाँचे १७ हजार मरे, बाबुराम बाँचे छोराछोरी बेलायत पढाए’

छाँयापाटी

@छाँयापाटी

२०७८ कार्तिक २१ गते आईतबार ०५:४१

काठमाडौं -: प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन नेकपा माओवादीका कमाण्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा. बाबुराम भट्टराईले जनयुद्धपछिको प्राप्तिबारे व्यंग्य बाण हानेका छन्' । आइतबार नेकपा एमाले कर्णाली...

काठमाडौं -: प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन नेकपा माओवादीका कमाण्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा. बाबुराम भट्टराईले जनयुद्धपछिको प्राप्तिबारे व्यंग्य बाण हानेका छन्’ ।

आइतबार नेकपा एमाले कर्णाली प्रदेश कमिटीद्वारा आयोजित देउसी भैलो तथा शुभकामना आदान प्रदान कार्यक्रममा ओलीले माओवादी सशस्त्र विद्रोहका क्रममा १७ हजारको मृत्यु हुँदासम्म पनि सुप्रिम कमाण्डर प्रचण्ड भने बाँचेकोमा अचम्म व्यक्त गरे’ ।

ओलीले भने, ‘प्रचण्ड बाँचे, १७ हजार मरे ।

त्यसपछि उनी डा. भट्टराईविरुद्ध खनिए,बाबुराम बाँचे, बाबुरामका छोराछोरी त बेलायत पढ्थे’ । बाबुराम भट्टराई भूमिगत हुँदा पनि उनका छोराछोरी बेलायत कसरी पढेका थिए ? हामी बेलायत जान भिसा पाउँदैनथ्यौँ।

बाबुरामका छोराछोरीले भिसा पाउँथे ‘। के जादु होला त्यसमा ? एउटा भूमिगत क्रान्तिकारी नेताका छोराछोरीको बाउको नाउँ त चाहिन्छ नागरिकता चाहिन्छ, नागरिकता पाउन, पासपोर्ट पाउन ‘। कुन पासपोर्टबाट जानुभएको ? कहाँ भिसा लाग्यो ? बाबुरामजी बताउनुस् त ?

त्यसपछि ओलीले थप प्रश्न गर्दै भने, ‘बेलायतमा २, ४, ५ लाख खर्च हुन्छ महिनाको । कहाँ कमाउनुभएको थियो भूमिगत हिँड्दाखेरि ?

ओलीको अनुसार प्रचण्ड र बाबुरामहरु भूमिगत हुँदा युरोप घुमेका थिए’ । तर, आफूहरु भने प्रहरीको रेकर्डमा खराब भएको भनेर पासपोर्ट नपाएको ओलीले बताए ।ओलीले आफूले २०४८ सालमा सांसद भएपछि मात्र पासपोर्ट बनाएको पनि बताए ।

प्रकाशित मिति २०७८ कार्तिक २१ गते आईतबार ०५:४१
प्रतिक्रियाहरु