एमसीसीबारे देउवा र प्रचण्डमध्ये एकजनाले झुट बोले हामिले पास नगर्नुहोस भनेका छौ : ओली

एमसीसीबारे देउवा र प्रचण्डमध्ये एकजनाले झुट बोले हामिले पास नगर्नुहोस भनेका छौ : ओली

छाँयापाटी

@छाँयापाटी

२०७८ कार्तिक २२ गते सोमबार ०२:२४

२२ कात्तिक, विराटनगर -:  नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता अनुमोदनका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमध्ये...

२२ कात्तिक, विराटनगर -:  नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता अनुमोदनका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमध्ये एक जनाले झुटो बोलेको बताएका छन्’ ।

सोमबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष ओलीले भने, ‘शेरबहादुरजी हस्ताक्षर गरेर दिएको भन्नुहुन्छ, प्रचण्डजी होइन भन्नुहुन्छ,’ अध्यक्ष ओलीले भने, ‘दुईमध्ये एक जनाले झुट बोलेको देखियो

केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीसम्बन्धी सम्झौता पास गर्छौं भनेर आफू र प्रचण्डले हस्ताक्षर गरेर दिइसकेको बताएका थिए ।’ तर प्रचण्डले भने राष्ट्रिय सहमति नभई एमसीसी सम्झौता पारित गर्न सकिन्न भनेर समय मागका लागि पत्र पठाइएको दावी गरेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गर्छौं भनेर चिठ्ठी लेखेको प्रधानमन्त्रीको दाबीको खण्डन गरेका छन् ।’राष्ट्रिय सहमति नभई पारित गर्न नसक्ने भएकाले समय चाहिन्छ भनेर चिठ्ठी पठाएको उनको दाबी छ ।

तर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देउवाको दाबीभन्दा केही फरक मत राखे । ‘देउसी खेल्न आफ्नो निवासमा आएका सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले भने, ‘हिजो शेरबहादुरजीले कहाँ के बोलिदिनुभएछ, प्रचण्डजी र मैले चिठ्ठी पठासकेको छु भनेर । देशैभरि साथीहरुको तरंग पैदा भएको छ । हामीले त्यस्तो चिठ्ठी पठाएको होइन ।

प्रधानमन्त्री देउवा स्वयंले त्यस्तो भनेको त होइन भनेको दाबी गर्दै प्रचण्डले अघि भने, ‘हामीले भनेको के हो भने देशमा सबै दलहरुसँग छलफल नगरी राष्ट्रिय सहमति नबनाई हामीले यसलाई पारित गर्न सकिँदैन ‘। त्यसका निम्ति हामीलाई समय चाहिन्छ ‘। हामी छलफल गर्छौं । समस्या कहाँ छ ? त्यसको निदान कसरी गर्न सकिन्छ ? भनेर उपाय निकाल्छौं भनेर लेखेको चिठ्ठी हो । ‘हामी पास गर्छौं भनेर लेखेको होइन ।

एमसीसी सम्झौता गर्दा संसदबाट अनुमोदन गर्नुपर्ने प्रावधान नभएको, तर त्यो थप्दा समस्या भएको उनले बताए । ‘पहिला सुरुमा सहमति हुँदा एमसीसी सम्झौता संसदमा लैजानुपर्ने, अनुमोदन गर्नुपर्ने केही थिएन ‘।

अमेरिकाले पैसा दिने, नेपालले दिने र विकास गर्ने भन्ने मात्र थियो । त्यतिबेला हामी पनि सरकारमा थियौं, शेरबहादुर देउवाकै नेतृत्वमा सरकार थियो । त्यतिबेलाको अर्थमन्त्रीले सम्झौता गरेको हो ।’ त्यो सम्झौतामा संसदमा लगेर ऐन सरह हुने गरी अनुमोदन गर्ने कुरामा थिएन,’ उनले भने, ‘पछि त्यसमा त्यो थपियो’ । त्यसो हुँदा यसको पछाडि के हो त रहस्य भन्ने प्रश्न खडा भयो’ । र विवाद बन्न आयो ।’

अमेरिका, बेलायत वा कुनै पनि देशले लिने अनुदान सहयोग लिनु स्वाभाविक भएको भन्दै प्रचण्डले सुरुको सहमतिमा डराउनुपर्ने कुरा नभएको बताए ‘। तर संसदबाट पास गर्नुपर्ने व्यवस्था थप हुँदा विवाद भएको भन्दै उनले भने,

बीचमा थपिएका कुराले गर्दा नेपालको राष्ट्रिय हितमाथि नै असर पर्ने भन्ने आम जनतालाई लागिसकेपछि यसलाई सम्बोधन नगरिकन यसलाई पास गर्न सकिँदैन ।माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गठबन्धन सरकारले नै चुनाव गर्ने र सकेसम्म तालमेल गर्ने समेत बताए’ ।

प्रकाशित मिति २०७८ कार्तिक २२ गते सोमबार ०२:२४
प्रतिक्रियाहरु