गौतमबुद्ध विमानस्थलमा मंसिरभित्रै यान्त्रिक परीक्षण उडान

गौतमबुद्ध विमानस्थलमा मंसिरभित्रै यान्त्रिक परीक्षण उडान

छाँयापाटी

@छाँयापाटी

२०७८ कार्तिक २३ गते मङ्गलबार ०३:३४

भैरहवा-:  निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सम्झौताअनुरूप यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) गर्न थाइल्यान्डको एरो थाई कम्पनी तयार भएको छ। 'सम्झौताअनुरूप यान्त्रिक परीक्षण गर्ने विमान ल्याएर विमानस्थलको...

भारतले हवाई रूट परमिट दिइनसके पनि परीक्षणमा असर नपर्ने

भैरहवा-:  निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सम्झौताअनुरूप यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) गर्न थाइल्यान्डको एरो थाई कम्पनी तयार भएको छ। ‘सम्झौताअनुरूप यान्त्रिक परीक्षण गर्ने विमान ल्याएर विमानस्थलको परीक्षण उडान गर्न तयार रहेको जानकारी उसले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई गराइसकेको छ’।

यसअघि उसले कोभिड–१९ संक्रमणको कारण देखाउँदै विमानस्थलमा विभिन्न उपकरण जडानका लागि आफ्ना प्राविधिक जनशक्ति र परीक्षण उडान गर्ने विशेष विमान पठाएको थिएन। ‘कोभिड संक्रमण फैलिन सुरु भएसँगै झन्डै डेढ वर्षदेखि नै विदेशी प्राविधिक र सबै उपकरण आउन नसक्दा आयोजनाको उपकरण जडानसहित परीक्षण उडानको कार्यमा विलम्ब भएको हो’।

थाइल्यान्डको एरो थाई कम्पनीले आफूसँग भएको सम्झौताअनुरूप यान्त्रिक परीक्षणका लागि आफू तयार रहेको जानकारी प्राधिकरणलाई डेढ साताअघि गराएको प्राधिकरणका उपमहानिर्देशक तथा प्रवक्ता देवचन्द्रलाल कर्णले बताए’। ‘आगामी २२ नोभेम्बरदेखि विमान नै लिएर काठमाडौं आइपुग्ने जानकारी उसले गराएको छ,’ उनले भने’।

भारतले हवाई रुट परमिट दिइनसकेको भए पनि परीक्षण उडानका लागि यसले कुनै असर नपार्ने कर्णले जानकारी दिए। ‘परीक्षण उडान गर्न भारतको स्वीकृति लिइरहनुपर्दैन,’ उनले भने,

बर्सेनि हाम्रा सबै विमानस्थलको परीक्षण उडान हुने गर्छन्।आयोजनाको मौसम, सञ्चार र विमानको दिशा पत्ता लगाउनेलगायत निर्माण कार्यलाई आईसीबी टूअन्तर्गत व्यवस्थापन गरी यसका लागि थाइल्यान्डको एरो थाई कम्पनीले ठेक्का लिएको थियो। ‘ठेक्का सम्झौताअनुरूप यससम्बन्धी सबै उपकरण जडान र यान्त्रिक परीक्षणसमेत गर्नुपर्ने थियो’।

एरो थाईले कोभिड संक्रमणको कारण देखाउँदै परीक्षण उडान गर्ने सुनिश्चितता नदेखाएपछि नागरिक उड्डयन ‘प्राधिकरणले त्यसको विकल्प खोज्दै परीक्षण उडानका लागि कात्तिक पहिलो साता भारतको

‘एयरपोर्ट अर्थोरिटी अफ इन्डिया’ सँग सम्झौताको तयारी गरेको थियो।’ परीक्षण उडानका लागि भारतसँग कुराकानी चलिरहेका बेला एरो थाईले कोभिडका कारण रोकिएको आफ्नो देशको बाह्य हवाई उडान सुरु भएको जनाउँदै परीक्षण उडान’ गर्न आफू तयार रहेको जनाएको हो’ ।

प्रकाशित मिति २०७८ कार्तिक २३ गते मङ्गलबार ०३:३४
प्रतिक्रियाहरु