अछाममा कार्यकर्ताले ‘अध्यक्ष, अध्यक्ष’ भनेपछि जोसिए भीम रावल

अछाममा कार्यकर्ताले ‘अध्यक्ष, अध्यक्ष’ भनेपछि जोसिए भीम रावल

छाँयापाटी

@छाँयापाटी

२०७८ कार्तिक २३ गते मङ्गलबार ०८:४८

काठमाडौं । गृह जिल्ला अछाम पुगेका प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष भीम रावल मंगलबार साँफेबगर नगर कमिटीको प्रथम बैठकलाई सम्बोधन गरे । सम्बोधनका क्रममा उनले आगामी दशौँ महाधिवेशनमा आफूलाई जुन पदका लागि उम्मेदवार उठ भनिन्छ...

काठमाडौं । गृह जिल्ला अछाम पुगेका प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष भीम रावल मंगलबार साँफेबगर नगर कमिटीको प्रथम बैठकलाई सम्बोधन गरे ।

सम्बोधनका क्रममा उनले आगामी दशौँ महाधिवेशनमा आफूलाई जुन पदका लागि उम्मेदवार उठ भनिन्छ त्यसैमा उठ्न प्रतिबद्धता जनाए । निर्वाचनमा उठेपछि हार जित अवश्य हुने भन्दै त्यसको चिन्ता नलिन र दह्रिलो गरि झण्डा समात्नु नै उत्तम रहेको बताए ।

नगर कमिटीलाई सम्बोधन गरेका उपाध्यक्ष रावलको मनसाय भने आगामी महाधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग अध्यक्षका लागि प्रतिपस्र्धा गर्ने नै देखिन्थ्यो । उलने अध्यक्ष ओलीले पनि पहिले पार्टीको महाधिवेशनमा अध्यक्षको उम्मेदवारी दिदा हारेको पनि विगत पनि कोट्याए ।

त्यतिबेला ओली र आफू एउटै प्यानलबाट अध्यक्ष र उपाध्यक्षका लागि उठ्दा हारेको भन्दै हार जित सामान्य भएको रावलको भनाइ थियो । यसकारण आगामी महाधिवेशनमा जे मा उठ् भन्नुहुन्छ त्यसैमा उठ्छु भनेर रावलले भन्दा कार्यकर्ताले– अध्यक्ष, अध्यक्ष भनेर भने ।

त्यसपछि रावल झन् जोसिएर भाषण गर्न थाले ।भीम रावलको बोली जस्ताको तस्तै :

दशौँ महाधिवेशनमा कतिपय साथीहरुले के भन्नुभएको छ भने– तपाई के मा उठ्नुहुन्छ ? मैले त्यसमा दुईवटा उत्तर दिने गरेको छु । एक, तपाईहरुले जे मा उठ् भन्नुहुन्छ त्यसमै उठ्छु भनेर भनेको छु । यसमा केही भन्नुछ भन्ने भन्नुहोस् (उपस्थित कार्यकर्ता भन्छन्–अध्यक्ष, अध्यक्ष’ । सबैको प्रस्ताव यहीँ छ । दुई, म यो जिल्लाको आवाजलाई कमजोर बनाउन दिन्न उच्च बनाउछु ।

चुनावमा उठेपछि नहार्ने को छ ? केपी ओलीले हारेका थिएनन्, हारेका थिए । केपी ओली र म एउटै प्यानलबाट उठेका थियौँ । उहाँ अध्यक्षमा हार्नुभयो म उपाध्यक्षमा हारे । केपी ओली झापाबाट हारेका थिएनन् ।

जो पनि हार्छ । माधव नेपालले काठमाडौंबाट हारेनन् ? मुख्य कुरा बलियो झण्डा दह्रिलो गरि समात्छ कि समात्दैन भन्ने हो । यो दशौँ महाधिवेशनमा तपाईहरुको स्वाभिमान, भावनलाई, भण्डालाई बलियो बलियो गरि समात्छु । हार्ने, जित्ने कुराको चिन्तै नलिनुस् । यति भनेपछि त बुझ्नुभयो होला ।

प्रकाशित मिति २०७८ कार्तिक २३ गते मङ्गलबार ०८:४८
प्रतिक्रियाहरु