कालापानी क्षेत्रमा पनि जनगणना हुने, विभागले भन्यो– “तीनवटा विकल्प छन्”

कालापानी क्षेत्रमा पनि जनगणना हुने, विभागले भन्यो– “तीनवटा विकल्प छन्”

छाँयापाटी

@छाँयापाटी

२०७८ कार्तिक २४ गते बुधबार ०२:५१

काठमाडौं -: राष्ट्रिय जनगणना– २०७८ मा कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा पनि जनगणना गरिने भएको छ ।'तथ्याङ विभागले बुधबार पत्रकार सम्मलेन गरेर लिपुलेक कालापानी क्षेत्रमा जनगणना हुने जनाएको छ ।' विभागले अनुमानसहितको नतिजा...

काठमाडौं -: राष्ट्रिय जनगणना– २०७८ मा कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा पनि जनगणना गरिने भएको छ ।’तथ्याङ विभागले बुधबार पत्रकार सम्मलेन गरेर लिपुलेक कालापानी क्षेत्रमा जनगणना हुने जनाएको छ ।’ विभागले अनुमानसहितको नतिजा प्रकाशित गर्ने विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताउनुभयो’ ।

उक्त क्षेत्रमा जनगणनाको लागि राष्ट्र मन्त्रालयमार्फत भारतसँग कूटनीतिक पहल भइरहेको उहाँले जानकारी दिनुभयो ।’उहाँले भन्नुभयो, ‘विकल्प तीन वटा छन्, हाम्रो भूमिमा भारतीय सेनाले हामीलाई छिर्न नदिएको अवस्थामा सेना लगेर जनगणना गराउने, जुन सम्भव छैन दोस्रोमा केही नगर्ने, तेस्रो, कुटनीतिक पहल भइरहेको छ’ ।

बिहीबारदेखि सुरु हुने राष्ट्रिय जनगणनामा ४० हजार गणकले घर–घरमा पुगेर तथ्याङ्क लिनेछन् ।’ उनीहरुले हरेक घर, परिवारसम्म पुगेर कुल ८० वटा प्रश्न हाराहारी सोधिने भएको छ । एक परिवारमा औसतः एक जना गणकले २० मिनेट लगाउने उनले जानकारी दिनुभयो ‘।

राष्ट्रपतिको विवरण संकलन गरी जनगणनाको शुरुआत गरिने भएको छ । यसका लागि गणकहरु बिहान ९ः३० बजे राष्ट्रपति कार्यालय पुग्ने छन् । त्यसपछि गणकहरु बिहान ११ बजे प्रधानमन्त्री शेरबहादुर देउवाकोमा र दिउँसो १ बजे उपराष्ट्रपति कहाँ पुग्ने भएका छन्’ ।

जनगणनामा सोधिने प्रश्नको उत्तर गोप्य रहने भन्दै श्रेष्ठले सबैलाई ढुक्क भएर भाग लिन आग्रह गर्नुभयो ‘। एक जना गणकले औसतमा १५ दिनमा १७५ परिवारको गणना गर्नुपर्ने छ ‘। जनगणनाको तथ्यांक संकलन १५ दिनभित्रै सक्नुपर्ने श्रेष्ठले बताए ‘।

अहिले संकलन गरिएको तथ्यांक प्रशोधन गरेर नतिजा प्रकाशन गर्न ६ देखि ८ महिना लाग्ने छ ।’ संकलित तथ्यांक मङ्सिर मशान्तसम्म केन्द्रमा आउने र प्रारम्भिक नतिजा ३ महिनाभित्र दिने विभागको तयारी छ’ ।

 

प्रकाशित मिति २०७८ कार्तिक २४ गते बुधबार ०२:५१
प्रतिक्रियाहरु